Comments Add Comment

सर्लाहीका दलित र विपन्न मधेसी परिवारलाई राहत वितरण

nyano-kapada

२८ पुस,सर्लाही । तराईमा बढ्दो शीतलहरबाट पीडित मधेसी समुदायका बालवालिका र बृद्धबृद्धालाई एमालेले न्यानो कपडा वितरण गरेको छ ।

अनेरास्ववियु सचिव तथा रचनात्मक विभाग प्रमुख आरती लामाले संकलन गरेका सामाग्री सर्लाहीका बिभिन्न गाउँमा पुगेर वितरण गरिएको हो ।

जिल्लाको जानकीनगर, पिडारी, लक्ष्मीपुर लगायतका बिपन्न र दलित वस्तीमा स्वीटर तथा टोपी वितरण गरिएको लामाले बताइन् ।

शीतलहरले बालवालिका र बृद्धबृद्धा बढी पीडित हुने गरेकाले विपन्न दलित परिवार छनौट गरी न्यानो कपडा वितरण गरिएको एमाले सर्लाहीकी सचिव बेचु लुंगेलीले बताइन् ।

एमालेका २ नम्बर प्रदेश सहसंयोजक नागेन्द्र चौधरी, एमाले नेता सुरेन्द्र लामा, अखिल सचिव आरती लामा, भक्तकुमारी लामा, नागेन्द्र साह लगायतका नेताहरु न्यानो कपडा वितरणमा सहभागी थिए ।

मधेसका विपन्न मुसहर तथा अन्य दलित बस्तिमा न्यानो कपडा वितरणको कार्यक्रम जारी रहने लामाले बताइन् । एमालेलाई मधेसका भित्री वस्तीमा मधेसी मोर्चाका कार्यकर्ताले प्रवेश निषेध गर्न खोजिरहेका बेला एमाले नेताहरु न्यानो कपडा बोकेर मधेसी वस्तीमा पसेका हुन् ।

यद्यपि यो राजनीतिक कार्यक्रम नभएको र पार्टीले राजनीतिक अभियाननै लिएर फागुनदेखि मधेसका वस्तीमा जागरण कार्यक्रम चलाउन लागेको प्रदेश सहसंयोजक चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment