Comments Add Comment

युवायुद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, ब्यवसायी लगानी गर्न इच्छुक

idea-pitching

२९ पुस, काठमाडौं । युवा उद्यमीका व्यवसायमा लगानी जुटाउने उद्देश्यले क्लकवी विजनेस इन्नोभेसनले ‘लगानीकर्ता सामु आइडिया प्रस्तुत गर्ने’ कार्यक्रम आयोजना गरेको छ ।
‘मिट इन्भेस्टर्स एट ब्रेकफास्ट’ नाम दिइएको कार्यक्रममा ७ जना युवा उद्यमीहरुले आफ्नो बिजनेस आइडिया नेपालका सफल लगानीकर्ताहरुबीच प्रस्तुत गरेका थिए।

इभेन्टका लगानीकर्ता प्यानलिस्टमा उमेश श्रेष्ठ (शिक्षा ब्यवसायी), रामेश्वर थापा (सिम्रिक एयर), सुशिल पोखरेल (सुश्मित ग्रुप) रसचन थापा (अन्नपुर्ण मिडिया नेट्वर्क) लगायत नेपालका सफल उद्यमीहरु थिए। कार्यक्रममा ब्यवसायीहरुले आफ्नो अनुभव बाँडेका थिए।

बिजनेस इनोभेसन्सले नेपालभरिबाट प्राप्त ३४ वटा बिजनेस आइडिया मध्येबाट उत्कृष्ट ७ वटा कम्पनीका विजनेस आइडिया छानेको थियो। यस्तो कार्यक्रम सुरुआत मात्र भएको बताउँदै आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत विनय देवकोटाले निरन्तररुपमा अरु संस्करण गर्दै जाने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment