Comments Add Comment

थियटरका दिन भुल्न सक्दिनः नवाजुद्दीन

navajdinनवाजुद्दीन सिद्दीकी पछिल्ला दिनमा बलिउडका परिचित अनुहार बनिसकेका छन् । उनलाई अभिनयमा खारिएका अभिनेताका रुपमा लिने गरिन्छ ।

नवाजुद्दीन थियटरको पृष्ठभूमिबाट आउका हुन् । बलिउडमा आफ्नो अलग्गै स्थान बनाइसके पनि उनले थियटरका दिनहरु भुलिसकेका छैनन् । उनले सात वर्षसम्म दिल्लीका थियटरमा काम गरेका थिए । तीन वर्षसम्म उनी नेसनल स्कूल अफ ड्रामामा काम गरे भने करिब चार वर्ष सडक नाटक गरे ।

आफ्ना पुराना दिनहरु याद गर्दै नवाजुद्दीन भन्छन्, ‘त्यतिबेला मन्डी हाउसको सेन्ट्रल पार्कमा रिहर्सल गर्नलाई ठाउँ पनि पाइदैनथ्यो किनभने रिहर्सल गर्न आउनेहरु धेरै हुन्थे । ती दिनहरु कहिल्यै भुल्न सक्दिन ।’

उनी अगाडि भन्छन्, ‘१९९२ देखि २००० बीचको समयमा न इन्टरनेट हुन्थ्यो न हात-हातमा मोबाइल हुन्थ्यो । त्यतिबेलाका प्रोड्युसरको दुख बेग्लै थियो ।’

नवाजुद्दीनले हालसम्म गैंग्स अफ वासेपुर, बजरंगी भाइजान, बदलापुर जस्ता हिट फिल्ममा काम गरिसकेका छन् । उनी अब हरामखोर, रइस र मुन्ना माइकल जस्ता फिल्ममा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment