२९ पुस, काठमाडौं । उर्जामन्त्री जनादर्न शर्मा प्रभाकरले चिनियाँ कम्पनी थ्री गर्जेजलाई पश्चित सेती जलविद्युत आयोजना निर्माणको कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
लगातारको ताकेतापछि नेपाल आएको थ्री गर्जेजको टोलीले शुक्रबार मन्त्री शर्मालाई भेटेको थियो ।
सिंहदवारमा भएको भेटमा उर्जामन्त्री शर्माले कहिले के गर्ने वर्कप्लान पेश गर्न निर्देशन दिएका छन् । कुनै समस्या भए समाधान गर्न आफू तयार रहेको भन्दै उनले ३/४ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।
उनले यति लामो समयसम्म काम हुन नसकेकोमा असन्तुष्टि समेत जनाएको मन्त्रालय स्रोतले बताएको छ ।
थ्री गर्जेजको टोलीले प्राविधिकहरुसँग छलफल गरेर छिट्टै कार्ययोजना पेश गर्ने जवाफ दिएको छ ।
यो टोली लगानी बोर्डसँग पनि छलफलमा छ । र, पश्चिम सेती निर्माणका लागि ज्वाइन्ट भेन्चर कम्पनी स्थापनाका लागि सहमति नजिक पुगेको बताइएको छ ।
प्रतिक्रिया 4