Comments Add Comment

स्ववियु चुनावमा एक पटकका लागि उमेर हद नलगाउन नेविसंघको माग

चुनावका लागि सात हजार एक सदस्यीय समिति गठन

nainsing-mahar-president-of-nebisangh

५ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि लागू गरेको २८ वर्षे उमेर हदसम्बन्धी व्यवस्था एक पटकका लागि हटाउन माग गरेको छ । नेविसंघले फागुन १४ गते हुने भनिएको स्ववियु चुनावको सुनिश्चितताका लागि सर्बपक्षीय संवाद र छलफललाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

नेविसंघ अब चुनावमा होमिने अध्यक्ष नैनसिंह महरले बताए । उनले अनलाइनखबरसँग भने, ‘स्ववियु चुनावको तयारीका लागि सात हजार एक सदस्यीय मुल व्यवस्थापन समिति समेत गठन गरिसकेका छौं ।’

बुधबार आयोजित पत्रकार सम्मेलनमा भने अध्यक्ष महरले स्ववियु निर्वाचनमा उमेर हद तोकिँदा लामो समयदेखि क्याम्पसमा क्रियाशील विद्यार्थीहरुको भविष्यबारे पनि ख्याल गर्नुपर्दथ्यो भने । व्यक्तिको जस्तै संस्थाको पनि उमेरहद हुने तर्क गर्दै अध्यक्ष महरले भने, ‘हरेक एक वर्षमा चुनाव हुनुपर्ने र एक वर्ष थप्न सकिने प्रावधान रहेको संस्था (स्ववियु) आज आठ-आठ वर्षसम्म पनि नहुँदा समस्याग्रस्त भएको छ । आज, यो वर्ष, अर्को वर्ष अर्को वर्ष भन्दाभन्दै आफ्नो जीबनको एक दशक लामो उर्बर समय साथीहरुले क्याम्पसमा बिताएका छन् । त्यसका कारण उनीहरुको पनि भविष्यको ख्याल गरिनुपर्दथ्यो ।’

उनले उमेर हद र निर्वाचन प्रणालीको विषयमा सहमतिको प्रयास जारी रहेको जानकारी पनि दिए ।

‘उमेर र प्रणालीको विषयमा हामीले कुरा उठाएका छौं । प्रणालीको विषयमा मिलानको प्रयास जारी छ । र प्रणालीको कुरा मिल्छ,’ उनले भने ‘जसरी विद्यार्थीहरुलाई नबोलाइकन यो भन्दा अगाडिको सिनेटले एक पटकका लागि वा २०७२ सालदेखि भनेर एउटा प्रावधान राखेर एउटा निर्णय गरेको थियो । एउटा मात्र कानुनको आधार बनाएका कारणले जसरी हामीले विद्यार्थीको उमेरको एउटा हद हुन्छ भन्दैछौं । त्यसरी नै उमेरको स्थिति संस्थाको पनि हुन्छ ।’

भिडियो हेर्नुहोस् 

२०३६ सालमा नेविसंघकै नेतृत्वमा स्ववियु स्थापित भएको भन्दै नेविसंघले यसलाई ऐतिहासिक आन्दोलनको उपलब्धीको मानकको रुपमा व्याख्या गरेको छ । तर, लामो समयदेखि स्ववियु निर्वाचन अवरुद्ध हुँदा विद्यार्थी आन्दोलनको गतिमै प्रभाव परेको नेविसंघको ठहर छ ।

पत्रकार सम्मेलनमा वितरित नेविसंघको बिज्ञप्तिमा लेखिएको छ, ‘नेविसंघको नेतृत्वमा २०३६ सालमा भएको ऐतिहासिक आन्दोलनको मानक उपलब्धीको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लामो समयदेखि अवरुद्ध हुँदा सिंगो विद्यार्थी आन्दोलनको गति र लयमा नै ठूलो क्षति पुगेकोप्रति गम्भीर हुँदै त्रिविले आगामी फागुन १४ मा प्रस्ताव गरेको र अन्य विश्वविद्यालयमा समेत स्ववियु निर्वाचनको सुनिश्चितताका लागि सर्वपक्षीय संवाद र छलफल गर्नका लागि अग्रसरता लिने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment