Comments Add Comment

तामाङ समुदायले सोनाम ल्होछार तीन दिनसम्म मनाउने

७ माघ, काठमाडौं । तामाङ समुदायले सोनाम ल्होछार तीन दिनसम्म धुमधामका साथ मनाउने तयारी गरेका छन् । आउँदै गरेको २८५३ ज्या ल्हो (चरा वर्ष)को अवसरमा काठमाडौंको टुँडिखेलमा ल्होछार महोत्सव मनाइने छ ।

sonal-losarयहि माघ १४, १५ र १६ गते टुँडिखेलमा ल्होछार महोत्सव गर्ने नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिए ।

१४ गते तामाङ पत्रकार र विद्यार्थीबीच मैत्रिपूर्ण फुटबल, सेलो नृत्य प्रतियोगिता र टुँडिखेलमा ल्होछार इभ आयोजना गरिनेछ ।

ल्होछारको मुख्य दिन १५ गते बृहत सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिने छ भने प्रधानमन्त्री प्रचण्डले मुल समारोहको उदघाटन गर्नेछन् ।

यस्तै १६ गते ख्याति प्राप्त कलाकारहरुबाट सांगेतिक प्रस्तुति, खाना, भेषभुषा तथा मौलिक संस्कृति झल्कने बस्तुको प्रदर्शनी गर्ने तयारी गरिएको मुल समारोह समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment