
News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय तहहरूले वित्तीय अनुशासनको अभाव देखिएको छ र आन्तरिक लेखा परीक्षण नगरेको पाइएको छ।
- प्रतिवेदन अनुसार, जिम्मेवारी सार्ने क्रममा विवरण नदिइएको र बैंक खाताको मिलान नगरेको समस्या देखिएको छ।
- स्थानीय तहहरूले मासिक हिसाब मिलान र विवरण तयार गर्न आवश्यक भएता पनि त्यसमा कमी रहेको छ।
३१ वैशाख, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले वित्तीय अनुशासन नमानेको देखिएको छ ।
स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७७ मा स्थानीय तहले आर्थिक कारोबारको आन्तरिक लेखा परीक्षण गराउनुपर्ने व्यवस्था छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ सय ७ स्थानीय तहले आन्तरिक लेखा परीक्षण नगराएकोमा २०८०/८१ मा यो वर्ष ३ सय २७ (४३.४३ प्रतिशत) स्थानीय तहले आन्तरिक लेखा परीक्षण गराएका छैनन् ।
स्थानीय तहले प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन तयार गर्दा गत वर्षको मौज्दात यस वर्ष जिम्मेवारी सार्नुपर्दछ । जिम्मेवारी सार्ने क्रममा फरक परे त्यसको पुष्ट्याइँ उल्लेख गर्नुपर्दछ ।
तर, आव २०८०/८१ मा १ सय २७ स्थानीय तहले १ अर्ब ७२ करोड ७६ लाख ३९ हजार रुपैयाँ घटी जिम्मेवारी सारेकोमा त्यसको कारण खुलाएका छैनन् ।
स्थानीय तहले मासिक रूपमा स्रेस्ता र बैंक खाताको हिसाब मिलान गरी बैंक हिसाब मिलान विवरण तयार गर्नुपर्नेमा यस्तो विवरण तयार नगरेको पाइएको छ ।
२०८०/८१ मा ६६ स्थानीय तहको स्रेस्ताले देखाएभन्दा बैंक खातामा ३२ करोड ६६ लाखले घटी मौज्दात रहेकोमा अन्तर खाता हिसाब मिलान गरी बैंक मौज्दात यकिन गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया 4