+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फिल्म प्रचारका लागि शाहरुखले मुम्बइदेखि दिल्लीसम्म ट्रेनमा यात्रा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १० गते १०:५७

sharukhबलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘रइस’ प्रचारका लागि मुम्बईबाट दिल्लीसम्म ट्रेनमा यात्रा गर्ने भएका छन् । यस फिल्मका निर्माता रितेश सिद्धवानीले यस खबरको पुष्टी गरेका हुन् ।

सिद्धवानीका अनुसार सोमबारबाट शाहरुखको यात्रा सुरु हुनेछ । उनलाई फिल्मको युनिटले साथ दिनेछ । अगस्ट क्रान्ति राजधानी एक्सप्रेसमा शाहरुखको टीमले यात्रा गर्ने बताइएको छ । यो ट्रेन अन्धेरी, बोरीवली, वापी, वलसाइ, सूरत, बडौदा, रतलाम, कोटा सबइ, माधोपुर र मथुरामा रोकिदै दिल्लीको हजरत निजामुद्दीनसम्म पुग्नेछ । फिल्मकी हिरोइन माहिरा खान भने यो टोलीमा सामेल छैनन् ।

यस फिल्मको निर्देशन राहुल ढोलकियाले गरेका हुन् । फिल्ममा शाहरुखले एउटा मदिरा माफियाको भूमिका निभाएका छन् । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । – एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?