+

विवादास्पद ओडुम्बे केन्याको ब्याटिङ कोच नियुक्त

२०७३ माघ  ११ गते १०:२६ २०७३ माघ ११ गते १०:२६
विवादास्पद ओडुम्बे केन्याको ब्याटिङ कोच नियुक्त

maurice-odumbe
११ माघ, काठमाडौं । केन्याले विवादास्पद पूर्व कप्तान मौरिस ओडुम्बेलाई ब्याटिङ कोच नियुक्त गरेको छ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेल अघि ओडुम्बे केन्याली टोलीको ब्याटिङ कोचमा नियुक्त भएका हुन् ।

ओडुम्बे सन् १९९६ देखि २००१ सम्म केन्याको कप्तान थिए र, केन्याले तीन पटक विश्वकप खेल्दा उनको मूख्य भूमिका छ । तर, २००४ मा उनी विवादमा परे ।

किताब प्रकाशकबाट रकम लिएको आरोपमा उनीमाथि ५ वर्ष प्रतिवन्ध लाग्यो ।

अब उनी आफ्नो पूर्व टिममेट मुख्य प्रशिक्षक थोमस आडोयो र सहायक प्रशिक्षक लामेक ओनयानगोसँगै राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा आवद्ध भएका छन् ।

नेपाल र केन्याको खेल आगामी मार्च दोस्रो साता हुनेछ तर, औपचारिक घोषणा हुन बाँकी छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०