Comments Add Comment

प्रसुति गृहले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

काठमाडौं । थापाथलीस्थित प्रसुति गृहले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालले आउँदो हप्तादेखि पूर्ण सञ्चालनमा आउने गरी फार्मेसी सञ्चालनमा ल्याएको हो ।

फार्मेसी पूर्ण रुपमा सञ्चालनमा आएसँगै सर्वसाधारणले केही औषधि बाहिरभन्दा झण्डै चार गुणा सस्तोमा तथा केही २५ प्रतिशतसम्म सस्तोमा अस्पताल परिसरबाटै खरिद गर्न सक्ने अस्पताले प्रशासनले जनाएको छ ।

हाल अस्पतालको फार्मेसीमा सय विभिन्न प्रकारका औषधी उपलब्ध छ । अस्पतालले सार्वजनिक खरिद ऐनमार्फत औषधि खरीद गर्नु पर्ने हुदाँ औषधी ल्याउनमा समस्या भएको निर्देशक प्रा. डा. आमिर बाबु श्रेष्ठले बताए । उनले भने ‘अस्पतालले सार्वजनिक खरीद ऐन अन्तर्गत मात्र औषधि खरिद गर्न सक्ने भएकोले समय लागेको हो । औषधी आउनासाथ यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनेछौं ।’

औषधिको उपलब्धता तथा फार्मेसीको लागि आवश्यक पर्ने जनशक्तिको वृद्धिसँगै औषधीको परिमाण बढाउँदै लग्ने उनले बताए ।

सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्नकै स्वास्थ्य मन्त्रालयले केन्दि्रय स्तरका अस्पतालहरुलाई ३० लाख, जिल्लास्तरीय अस्पतालहरुलाई २५ लाख तथा स्वास्थ्य चौकीहरुलाई १५ लाख अनुदान सहयोग गर्दै आएको थियो ।

सोही अनुदनमार्फत प्रसुति गृहले पनि फार्मेसी सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment