Comments Add Comment

दुई करोडसँग सहवासको वाचा गरेकी मोडेल चार सयमै थाकिन्

इटालीमा गत वर्ष भएको जनमतसंग्रहका क्रममा एक मोडेलले एउटा असम्भव घोषणा गरेकी थिइन् । उनको घोषणा थियो, जनमत संग्रहमा ‘नो’ मा भोट गर्ने सम्पुर्ण जनतासँग सहवास गर्ने ।

इटालीका पूर्व प्रधानमन्त्री माटेओ रेन्जीले अघि सारेको संविधान संसोधनको प्रस्तावमाथि गरिएको जनमतसंग्रहमा एक करोड ९० लाखले ‘नो’ मा भोट गरेका थिए । आफू बचनको पक्का भएको भन्दै २७ वषिर्य मोडल पावला साउलिनो मैदानमा उत्रिइन्् । तर चार सय जनासँग सेक्स गर्दा नै उनलाई थकान महसुस हुन थालेको छ । अहिले उनले आफ्नो लक्षित संख्या १० लाखमा झारेकी छिन् ।

विपक्षमा भोट हाल्ने सबैलाई धन्ँयवाद ज्ञापन गर्न भन्दै सुरु गरेको सेक्स अभियानलाई पावलाले ‘पोम्पा टुर’ नाम दिएकी छिन् । यो टुरको पहिलो चरण समाप्त भइसकेको छ, जसमा उनले चार सय जनासँग ‘प्रेम’ गरिन् ।

५९ प्रतिशत मतदाताले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेपछि मोडल पावला आफ्नो वाचाबाट पछि हट्ने धेरैले अनुमान गरेका थिए । तर उनी पछि हटिनन् । नापोलीमा घर भएकी तर लस एन्जेलसमा बस्ने पावलाले तुरुन्तै पहिलो चरणको पोम्पा टुरको घोषणा गरिन् । रोममा जनवरी ७ बाट सुरु भएको उनको टुर पालेर्मोमा जनवरी २१ मा टुंगिएको थियो । पहिलो चरण सम्पन्न गरेपछि उनले दोस्रो चरणको टुर घोषणा गरिसकेकी छिन् जुन भोली बुधबारबाट फोगियामा सुरु हुनेछ ।

उनी अहिले भन्छिन्, ‘मेरो नयाँ लक्ष १० लाख हो, यसमा म अडिन्छु ।’

डेली स्टारसँगको कुराकानीमा पावलाले अपरिचितहरुसँग लगातार सेक्स गर्दाको अनुभव व्यक्त गरिन् । उनले भनिन्, ‘म अलिकति थकाई र तनाव महसुस गरिहेकी छु ।’ अहिलेसम्म आफ्नो स्वास्थ्य ठिकै रहेको र कुनै चोटपटक नलागेको उनको भनाई छ ।

उनको शारीरिक संसर्ग एउटा निजी कोठामा हुने गर्छ । दिनभरी धेरै जनासँग संसर्ग गर्दा उनी बीचबीचमा रेस्ट लिने गर्छिन् । आफूसँग सहवास गर्ने पुरुषले कन्डम लगाउने कि नलगाउने भन्ने निर्णय उनी स्वयम् गर्छिन् ।

‘मैले चाहेका व्यक्तिहरुले कन्डम नलगाइ पनि गर्न सक्छन्,’ उनी भन्छिन्, ‘अहिलेसम्म सबैलाई सन्तुष्ट पारिरहेकी छु ।’

अहिलेसम्म ४०० जनालाई भ्याएको बताउने मोडलले एक जना भने बीचमै उठेर हिँडेको जानकारी गराइन् ।

‘सुरु भएको केही मिनेटमा नै उ आत्मग्लानीमा परेर रुन थाल्यो,’ पावलोले भनिन्, ‘मैले उसलाई घर पठाइदिएँ । त्यसवाहेक अरु अपि्रय घटना भएको छैन ।’

उनको पोम्पा टुरमा सहभागी हुन चाहनेहरुले इमेलबाट पहिल्यै आवेदन गर्नुपर्छ । उनको पहिलो चरणको टुरमा १० हजार जनाले आवेदन दिएका थिए । आवेदन गर्नेहरुलाई बुकिङ कोड दिइएको हुन्छ । उनीहरुले आफ्नो पालो आएपछि तोकिएको स्थानमा गएर लाइन लाग्नुपर्छ । पावलोले पालैपालो सबैलाई सन्तुष्ट पार्छिन् । यसरी आउनेहरु महिला वा पुरुष जो पनि हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment