Comments Add Comment

हलिउड स्टारसँग सुशान्त


चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’मा अभिनय गरेपछि नायक सुशान्त सिंह राजपुतको करिअर चम्किएको छ । सुशान्त अहिले बलिउडमा मात्र नभएर अब हलिउडमा समेत चर्चित बन्न थालेका छन् ।
उनै, सुशान्तलाई एक चर्चित हलिउड मोडल तथा रियालिटी स्टारसँग काम गर्ने अवसर मिलेको छ ।

रियालिटी स्टार केन्डल जेनर र सुशान्त सिंह राजपुत एकसाथ काम गर्दैछन् । यी दुइले चलचित्रको पर्दा भने शेयर गर्न लागेका होइनन् । एक चर्चित म्यागेजिनका लागि सुशान्त र केन्डलले फोटोसुट गरेका छन् । यसका लागि, केन्डल भारत आएकी छिन् ।

भारतको जयपुर एयरपोर्टमा सुशान्त र केन्डललाई उनका फ्यानहरुले भेटेका छन् र तस्बिर खिचेर सामाजिक संजालमा पनि पोष्ट गरेका छन् । यी दुइको फोटोसुट चर्चित फोटोग्राफर मारियो टेस्टिनोले गर्दैछन् । उनले केहि समय अगाडि नायिका कट्रिना कैफको पनि फोटोसुट गरेका थिए ।

केन्डलसँग फोटोसुट गरेपछि कतै सुशान्तको हलिउड यात्रा त सुरु हुने होइन, यसका लागि त हामीले प्रतिक्षा नै गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment