विवाहपछि बलिउड अभिनेत्री प्रिती जिन्टा फिल्मबाट टाढा छिन् । बरु उनको निजी जिन्दगीका विषयमा मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । गोप्यरुपमा बिहे गरेर सबैलाई छक्याएकी पि्रती पछिल्ला दिनमा आफ्नो हाउभाउ र पहिरनले अरुलाई सोच्न बाध्य पारिरहेकी छिन् ।
सार्वजनिक स्थानमाप्रितीको चालढाल र पहिरनलाई हेर्दा प्रश्न उठ्छ, कतै उनी दुई जिउकी त छैनन् ? यो अनुमान गलत पनि हुन सक्छ तर प्रिती पछिल्ला दिनहरुमा सार्वजनिक कार्यक्रममा खुकुला र साधारण पहिरनमा प्रस्तुत हुनुले शंकाको मौका दिएको छ । उनी आफ्नो गर्भवती शरीरलाई लुकाइरहेकी छिन् भनेर लख काट्ने धेरै निस्किएका छन् आजकाल ।
विगतमा दिनहरुमा सार्वजनिक कार्यक्रममा जाँदा प्रितीलाई टिपटप र ग्ल्यामरस पहिरनमा देख्न सकिन्थ्यो । तर सामाजिक सञ्जालमा आएका उनका ताजा तस्बिरहरु बेग्लै प्रकृतिका छन् ।
हालै राखिएको आफ्नो वर्थडे पाटीमा पनि प्रितीलाई ग्ल्यामरस पहिरनमा देख्न पाइएन । उनले खुकुलो खालको टप र छोटो पाइन्ट लगाएकी थिइन् । तस्बिरमा उनी निकै मोटी देखिएकी छिन् ।
यति मात्र होइन, हालै उनलाई एयरपोर्टमा पनि त्यस्तै हाउभाउमा देखियो । उनले रातो रंगको चुडीदार लगाएकी थिइन् भने सललाई पुरै फैलाएर ओढेकी थिइन् । उनी केही लुकाउन खोजीरहेकी छिन् भन्ने भान पथ्र्यो ।
प्रतिक्रिया 4