+
+
Shares

संसदीय समितिले बनायो लोकमानलाई कारबाही गर्न निर्देशन दिने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २७ गते १७:३४


२७ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ ।

समितिको बिहीबार बसेको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो । उपसमितिको प्रतिवेदनमा पदमुक्त भइसकेका कार्कीलाई महाअभियोग लगाइरहन भने नपर्ने उल्लेख गरिएको छ ।

तर, कार्कीले पदमा रहँदा गरेका गैरकानुनी कामलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने सहमति भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।

तत्कालीन अख्तियार प्रमुख कार्कीले अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको, मेडिकल काउन्सिलमाथि हस्तक्षेप गरी आफनो अनुकूल निर्णय गराउन दबाव दिएको, समानान्तर सरकार चलाउन खोजेको लगायतका आरोप लगाई संसदमा महाअभियोग प्रस्ताव सिफारिस गरिएकेा थियो । सोही सम्बन्धमा छलफल गर्न समितिले उपसमिति गठन गरेको थियो ।

उपसमितिले बुझाएको प्रतिवेदन समितिले अनुमोदन गरेपछि संसदमा पेश हुनेछ । व्यवस्थापिका संसदले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेबारे आवश्यक सुझाव दिन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?