Comments Add Comment

गंगालाल हृदयरोग केन्द्रको सेवा भेरी अञ्चल अस्पतालमा विस्तार गरिने

१ फागुन, काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा भेरी अञ्चल अस्पतालमा विस्तार गरिने भएको छ ।

आइतबार विहान बसेको बोर्ड बैठकले सेवा विस्तारको निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए ।

बोर्ड बैठकले भेरी अञ्चल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिइएको छ । मन् त्री थापाले भने, १५/२० दिनभित्र सेवा विस्तार हुन्छ ।’

भेरीपछि गंगालालको सेवा जनकपुर अञ्चल अस्पतालमा विस्तार गर्ने योजना छ । यसबारे अध्ययन थाल्ने निर्णय पनि आइतबारको बोर्ड बैठकले गरेको छ ।

उपचारका लागि काठमाडौं आउँदा धेरै खर्च लाग्ने भन्दै अघिल्लो बोर्ड बैठकले उपत्यका बाहिरका अस्पतालसँग सहकार्य गरेर सेवा विस्तार गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment