१ फागुन, काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ ।
राजधानीको खुलामञ्चमा भएको छ । बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ ।
उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्दि्रत गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्याली निकालिएको थियो ।
उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्याली शहिदगेटमा एकीकृत भएको थियो । त्यहाँबाट पार्टी महासचिव नेत्र बिक्रम चन्दको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।
उदघाटन सत्र सकिएपछि नेताहरु रोल्पा प्रस्थान गर्नेछन् । रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र हुनेछ । थवाङस्थित सामुदायिक भवनमा फागुन ४ गतेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा देशभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4