Comments Add Comment

‘भ्यालेन्टाइन डे’मा शिल्पाले व्यक्त गरिन् छविसँगको प्रेम


नायिका शिल्पा पोख्रेलले निर्माता छविराज ओझासँगको आफ्नो प्रेम सबैका सामु व्यक्त गरेकी छिन् । लामो समयदेखि शिल्पा र छविको प्रेम सम्बन्धको चर्चा सार्वजनिक भैरहेका थिए । यतिसम्म कि, छवि र शिल्पाले त आफूहरु बिहेका लागि तयार भएको समेत बताएका थिए । यो बर्षको दशैमा नै बिहे गर्ने तयारीमा रहेका शिल्पा र छविको अन्ततः बिहे भएन । उनीहरुले चाडै नै बिहे गर्ने बताएपनि अहिलेसम्म साइत जुरेको छैन ।

आज, ‘भ्यालेन्टाइन डे’को अवसरमा प्रेमी-प्रेमिकाले एक अर्काप्रति माया व्यक्त गर्छन् । मन पराएर पनि भन्न नसक्नेहरुले आफ्नो प्रेमलाई पोख्ने समेत गर्छन् । प्रेममा रहेका वा विवाह गरेकाहरुले पनि प्रेम सम्बन्धलाई खुलाउने गरेका छन् ।

यहि, प्रेम दिवसको मौका छोपेर नायिका शिल्पा पोख्रेलले पनि निर्माता छविराज ओझासँगको प्रेमलाई खुलाएकी छिन् । शिल्पाले फेसबुकमा छवि र आफ्नो तस्बिर पोष्ट गर्दै लेखेकी छिन्-‘ह्याप्पी भ्यालेन्टाइन डे’ ।

यसबाट पनि के पुष्टी हुन्छ भने शिल्पाका भ्यालेन्टाइन छवि हुन् । बिहेको तयारीमा रहेका छवि र शिल्पा अहिले गहिरो प्रेममा रहेको उनको यो प्रेमभावले पनि पुष्टी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment