Comments Add Comment

निर्वाचन हुनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पमकमल दाहालले जेठमा स्थानीय निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । नयाँ संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन हुनेमा कसैलाई पनि शंका नगर्न आग्रह गरेका हुन् ।

६७औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहिदहरुको सपना साकार पार्न पनि संविधानसभाबाट बनेको संविधान कार्यान्वयन हुनैपर्ने बताएका हुन् ।

२००७ सालमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै उनले अब मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजिक कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिसँगै सैन्यकला प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment