९ फागुन, काठमाडौं । आजभोलि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘डोजर’ ट्रेन्डले हंगामा मच्चाएको छ । यससँग सम्बन्धित तस्वीरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ ।
भाइरल बन्दै गएको डोजरको प्रशंगमा धेरैजसो प्रयोगकर्ता कुहिरोको कागजस्तै बनेका छन् । तर, पनि गौणरुपमा भाइरल भइरहेको ‘डोजर’ शब्द र त्यसका तस्वीरलाई सेयर गर्ने जमात ठूलो छ ।
फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली छ । कतिले यसका बारेमा स्पष्ट पारिदिन अनुरोध गर्दै सामाजिक सञ्जालमै जिज्ञासा पोखेका छन् ।
दया लागेर आउँछ !
जस्ले अझै डोजर काण्ड के हो भनेर सोध्छन 😂😂— SAADU ! (@jee_0ne) February 20, 2017
तरकारीवाली र एनसेलको रातो नम्बरको ट्रेण्ड सेलाउँदै गर्दा ‘डोजर’ भाइरल बनेको छ । यसलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा हास्य व्यंग्यात्मक एवं प्रतिकात्मक पोष्टहरु भइरहेका छन् ।
विशेषगरी फेसबुकमा लोकपि्रय भएका एमअारआर, ब्राह्रमण ग्रुप, दाह्री ग्याङलगायत ग्रुपहरुमा डोजर र त्यससँग सम्बन्धित रोचक तस्वीरहरु धमाधम अपलोड भइहरेको छ । जसको सेयरिङ पनि ठूलो संख्यामा भइहरेको देखिन्छ ।
मान्छे म जागिरे नै थिएँ।
तर डोजर हेर्ने मौका छोड्नु हुन्न भनेर जागिर छोड्दिएँ।— Kabindra Koirala (@adhunikPOET) February 20, 2017
खासमा के हो डोजर ट्रेण्ड ?
डोजरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भयो । यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालमा बढ्दो बेरोजगारीसँग जोडेका छन् ।
सामाजिक सञ्जालमा केही दिन अघि बालाजुमा चलिरहेको डोजरको फोटो पोष्ट भयो । सँगै त्यसलाई हेर्न जम्मा भएको ठूलो भीड पनि देखियो ।
त्यही तस्वीर निकै भाइरल भयो । जसलाई समाजिक सञ्जाल प्रयोगकर्ताले ‘डोजर काण्ड’को संज्ञा दिए ।
आजभोलि गाउँमा मात्रै हैन, शहरमा पनि केही कामका लागि डोजर चल्यो भने हेर्नेको ठूलो भीड लागिहाल्छ ।
यस्तो भीडमा युवाको संख्या नै अत्यधिक देखिन्छ । यसले नेपालका धेरै युवा कामबिहीन हुनुको वास्तविक मर्मलाई दर्शाउँछ ।
बाँजो खेत र खोरीया छोडेर कोरीया र खरब कमाउन अरब जाने नेपाली युवाहरू आफ़नो देश फर्केपछि फेरि डोजर हेरेर बस्न नपरोस #Dozzerkanda
— Sujan Aryal (@aryal19_sujan) February 20, 2017
खासमा सामाजिक सञ्जाल प्रयोगकर्ताले डोजरलाई बेरोजगारीको समस्यासँग जोडेर भाइरल गराएका हुन् । यसैलाई आधार बनाएर दैनिक हजरौं पोष्टहरु हुन थालेका छन् ।
त्यसैले युवा अवस्थामै रोजगारी नहुँदा काम गरिरहेको डोजर हेर्नेको भीडमा मिसिएर समय बिताउनुपर्ने नेपाली युवाको भित्री पाटोलाई ‘डोजर’ ट्रेण्डले छोएको छ ।
never give a up
आज डोजर हेर्न गाएका हरु भोलि डोजर चालक पनि हुन सक्छ— Santosh shrestha (@Santosh78927460) February 20, 2017
प्रतिक्रिया 4