Comments Add Comment

पहिलो पटक नेपालीले पाए चीनको ‘ग्रिनकार्ड’

१५ फागुन, काठमाडौं । चीनले नेपाली नागरिकलार्इ आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ ।

उत्तरी छिमेकी चीनले नेपालीलाई पहिलो पटक ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महाबाणिज्यदूतले जानकारी गराएको भनेर आजको अन्नपूर्ण पोस्ट दैनिकले सन्तोष घिमिरेको बाइलाइनमा समाचार प्रकाशित गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि बिभिन्न पेसा ब्यबसाय सञ्चालन गर्दै आइरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन् ।

समाचारमा उल्लेख भए अनुसार तिब्बतको गृह मन्त्रालयका अधिकारीले ११८ नेपालीलाई ‘ग्रिनकार्ड’ उपलब्ध गराएको ल्हासास्थित नेपाली महाबाणिज्यदूत गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् । त्यसमध्ये २ जना महाबाणिज्य दूतावासका कर्मचारीसमेत छन् ।

चिनले उपलब्ध गराएको ग्रिनकार्डको मिति १० बर्षको रहने पनि महाबाणिज्यदूत कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment