+
+

लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो अब पुल्चोकको भाटभाटेनीमा पनि

धुर्मुस-सुन्तलीले काटे रिबन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १५ गते १७:५७

चर्चित हेयर डिजाइनर लक्ष्मी ठाकुरले आफ्नो सेवालाई ललितपुर, पुल्चोकमा पनि बिस्तार गरेका छन् । ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को तेस्रो शाखा पुल्चोकको भाटभाटेनीमा खुलेको हो । हास्य जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले आज आइतरबार उद्घाटन गरेका हुन् ।

यस स्टुडियोमा केस र छालाको सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने बताइन्छ । आकर्षक इन्टेरियरसहित खुलेको स्टुडियोमा मूलत हेयर कटिङदेखि हेयर डिजाइन, हेयर टि्रटमेन्टको काम हुन्छ । यसले महिला तथा पुरुष सबै बर्गलाई आफ्नो सेवाका लागि आमन्त्रित गरेको छ ।

स्टुडियोमा एकसाथ १५ जनाले सेवा लिन सक्ने हेयर डिजाइनर लक्ष्मी ठाकुरले बताए । ‘यस क्षेत्रमा ग्राहकको अधिक माग रहेकोले शाखा सञ्चालमा ल्याएको हो’ स्टुडियोका अध्यक्ष समेत रहेका ठाकुरले अनलाइनखबरसँग भने, ‘हामी उहाँहरुलाई स्तरिय सेवा दिन कटिबद्ध छौ ।’

 

लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो बिगत १७ बर्षदेखि राजधानीमा सञ्चालित छ । महाराजगञ्ज र कोटेश्वरको भाटभाटेनीबाट यसले आफ्नो सेवा दिइरहेको छ । नेपाली सेलिब्रेटी तथा मीडियाकर्मीको रोजाइमा पर्ने लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले छरितो र स्तरिय सेवा पस्किरहेको छ ।

मुसहर बस्तीका लागि सहयोग

स्टुडियो उद्घाटनकै क्रममा स्टुडियोले एकिकृत मुसहर बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेको छ । धुर्मुस-सुन्तलीको यो अभियानमा साथ दिन ठाकुरले नगद ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?