Comments Add Comment

कैलाली क्याम्पसबाट विप्लव निकट क्रान्तिकारीका युवा पक्राउ

१६ फागुन, धनगढी । कैलाली बहुमुखी क्याम्पसबाट प्रहरीले विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केही कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

क्याम्पसमा खोलिएको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीले त्यसलाई रोकेको विरोधमा क्रान्तिकारीका युवाहरुले प्रहरी माथि नै हातपात गर्न खोजेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले विद्यार्थीहरुले निर्वाचन विथोल्न तालाबन्दी गर्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको र प्रहरी माथि नै जाइलागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएकाहरुमा अखिल क्रान्तिकारी (विप्लव)का कैलाली बहुमुखी क्याम्पस इकाइ सभापति शंकर खाती, उपसभापति गणेश भाट, सदस्यहरु हेम भण्डारी, सुरेन्द्र धामी र योगेश साउद छन् । प्रहरी उपरिक्षक चन्दका अनुसार प्रहरीले अखिल छैठौंका इकाइ सभापति उमेश कँडेललाई पनि नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले छाड्न खोजे पनि क्याम्पस प्रमुखले माफी माग्नु पर्ने र आफूहरुलाई जिम्मा लिएर जानुपर्ने अडान युवाहरुले लिएका छन् ।

उता क्याम्पस प्रमुख सुरेन्द्र चन्दले आज सार्वजनिक विदा भएका कारण यसको जिम्मेवारी क्याम्पस प्रमुखले नलिने बताउँदै माफी माग्नु पर्ने कुनै कारण नै नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment