Comments Add Comment

बीरेन्द्र क्याम्पसका प्रमुख र निर्वाचन अधिकृत कार्यकक्षमै थुनिए


१७ फागुन, चितवन । चितवनको भरतपुरमा रहेको बीरेन्द्र क्याम्पसका प्रमुखसहित निर्वाचन समितिका संयोजक र पदाधिकारीहरुलाई एमाले निकट अखिलका विद्यार्थीहरुले सोमबार दिनभर कार्यकक्षमै थुनेका छन् ।

विद्यार्थीहरुले बिहानैबाट क्याम्पस प्रमुख गोविन्द सापकोटा, प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्र रेग्मी सहितका पदाधिकारीहरुलाई कार्यकक्षमा थुनेका हुन् । क्याम्पस प्रमुख र निर्वाचन अधिकृत मिलेर स्ववियु चुनाव भाँड्न खोजेको आरोप अखिलका नेताहरुले लगाएका छन् ।

बन्धक बनाउने विद्यार्थीहरुले ‘स्ववियु चुनाव निर्धारित मितिमै गर’ भन्दै क्याम्पस परिसरमा नाराबाजी गरेका थिए ।

अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकले क्याम्पस प्रमुख सापकोटा र प्रमुख निर्वाचन अधिकृत रेग्मीले कांग्रेस चितवनको निर्देशनमा १८ गतेको स्ववियुको निर्वाचन भाँड्न अनेक तरिकाले षडयन्त्र गरेको, निर्वाचनको तयारी थप अघि नबढाएको आरोप लगाए ।

बीरेन्द्र बहुमुखी क्याम्पस चितवमा एमाले निक अनेरास्ववियुका नेता लिलाराम पौडेलको नेतृत्वमा अखिल क्रान्तिकारी (मोहन वैद्य) र अखिल क्रान्तिकारी (विप्लव)बीच संयुक्त प्यालन खडा गरिएको छ । माओवादी केन्द्र र नयाँ शक्तिको अलग-अलग प्यालन छन् ।

यसैगरी नेविसंघका तीन जनाले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् ।

देउवा पक्षिय नेविसंघका उम्मेद्वार वच्चन कार्कीले भने नेविसंघको आधिकारीक उम्मेद्वार आफू भएको र क्याम्पसमा लगाइएको तालावन्दी निर्वाचन भाँड्ने खेलअन्तर्गत भएको भन्दै त्यसको बिरोध गरी बिज्ञप्ती निकालेका छन् । क्याम्पसमा निर्वाचन कार्यतालिका बमोजिम संगठन दर्ता, मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सम्पन्न भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment