Comments Add Comment

ट्रायल पास भएका ६ हजार बढी स्मार्ट लाइसेन्स कुर्दै, सरकारसँग ७ सय मात्रै बाँकी !

यसकारण राखिँदैछ लाइसेन्स पाउन डेढ महिनाको भाका


२१ फागुन, काठमाडौं । काठमाडौंमा ड्राइभिङ परीक्षा पास भएकालाई वितरण गर्न थालिएको नयाँ प्रविधिमा आधारित स्मार्ट लाइसेन्स कार्ड सकिएको छ ।

यातायात ब्यवस्था विभागसँग अब प्रिन्ट गर्न बाँकी करिब ७ मात्रै स्मार्ट लाइसेन्स बाँकी छ । तर, ट्रायल पास भएर प्रिन्टेड लाइसेन्स बुझ्ने लाइनमा झण्डै ६ हजार चालक छन् ।

लाइसेन्सका लागि ट्रायल पास गरेकाहरुलाई बाँकी लाइसेन्स तत्काल उपलब्ध गराउने हो भने यो एकैदिनमा सकिने छ । तर, विभागले वितरण नै नगरी कार्ड होल्ड गरिरहेको छ । सकिएको छैन भन्ने सन्दशे दिन मात्रै विभागले नयाँ लाइसेन्स प्रिन्ट गर्न लगभग छाडेको छ ।

अहिले ६ हजारभन्दा बढीले ट्रायल पास गरेर पनि लाइसेन्स पाएका छैनन् । उनीहरुलाई कार्ड पाउन डेढ महिना लाग्ने भनेर झुलाएर राखिएको छ । यसैकारण लाइसेन्स पाउन डेढ महिनाको भाका राखिँदैछ  । तर, डेढ महिनामा पिन लाइसेन्स पाउने/नपाउने पत्तो छैन ।

विभागको लाइसेन्स कार्यालय एकान्तकुनाका प्रमुख तेज नारायण यादव ट्रायल पास भएको डेढ महिनमा मात्रै लाइसेन्स वितरण गरिने बताउँछन् । उनी कार्ड प्रिन्टरमा समस्या आएकाले स्मार्ट लाइसेन्स वितरणमा समस्या भएको दावी गर्छन् ।

विभागले अहिलेसम्म पहिलो चरणमा छापिएर आएको १ लाख ६० हजार कार्डमध्ये झण्डै १ लाख ५९ हजार ३ सय कार्ड वितरण गरिसकेको विभाग स्रोतले बतायो ।

वितरण नै लगभग रोकेको विभागले थप स्मार्ट लाइसेन्स ल्याउन तीब्र चासो देखाएको पनि छैन । विभागका प्रवक्ता टोकराज पाण्डे भने लाइसेन्सको अभाव भएको स्विकार्दैनन् ।

‘हामीसँग अझै वितरणका लागि पर्याप्त कार्ड स्टकमा छन् । थप ५४ हजार कार्ड छापिएर आउँदैछ’ पाण्डेले भने ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा १ लाख ६० हजार स्मार्ट लाइसेन्स छापेर यातायात ब्यवस्था विभागले ०७२ मंसिरबाट वितरण थालेको थियो ।

सुरुवातमा ३ महिनाभित्रै काठमाडौं बाहिरबाटै स्मार्ट लाइसेन्सको वितरण थाल्ने विभागको दाबी थियो । तर, १४ महिना बित्दा पनि उपत्यकाबाहिर स्मार्ट लाइसेन्स बाँड्नु त परै जाओस्, काठमाडौंमै वितरण रोकिएको छ ।

पि्रन्ट नभएका स्मार्ट लाइसेन्स सकिन थालेपछि यातायात व्यवस्था विभागले समय-समयमा विभिन्न बहाना बनाउँदै काठमाडौंमा लाइसेन्सको वितरण रोकिरहेको छ ।

स्मार्ट लाइसेन्स सकिनै लाग्दा पनि विभागले नयाँ छपाइको प्रक्रिया सुरु गरेको छैन । बेलैमा टेण्डर गरेको भए अहिले उपत्यकाबाहिर पनि वितरण सुरु भइसक्थ्यो ।

तर, उसले टेण्डरमा पहलिो कार्ड छापेको भारतीय कम्पनी मद्रास पि्रन्टर्ससँग ५४ हजार नयाँ कार्ड मागेको छ । त्यो आएर मागअनुसार वितरण भएमा ५ महिनामै सकिने छ ।

एसियाली विकास बैंक (एडीबी)ले पनि अब यो प्रोजेक्टमा ६ महिनामात्रै काम हुने बताएको छ । त्यसपछि स्मार्ट लाइसेन्सका लागि कुनैपनि सहयोग गर्ने छैन ।

विभागको कार्यशैली सन्तुष्ट नभएकाले यो परियोजनामा थप लगानी गर्न एडिबीले चासो देखाएको छैन । विशेषगरी उपत्यकाबाहिर स्मार्ट लाइसेन्सको वितरण थाल्न ढिलाइ गरेकोमा उसले गम्भिर आपत्ति जनाएको विभाग स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment