२३ फागुन, इनरुवा । नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मधेसमा नेकपा एमाले पहिलो दल बन्ने उदघोष गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै अर्की एमाले नेतृ भगवती चौधरीले अब मधेसी र थारुहरुले नेकपा एमालेलाई साथ दिनुपर्ने बताइन् ।
कार्यक्रममा अर्का वक्ता जगदीश कुसियतले एमाले नेताहरुको टोलीलाई राजविराज पुर्याएर फर्किने घोषणा गरे ।
एमालेको अभियानलाई कसैले अवरोध गर्न खोजे मधेसी जनताले नै त्यसको प्रतिवाद गर्ने कुसियतले बताए ।
सुनसरी सदरमुकाममा एमालेले मधेसी मोर्चाका नेताहरुको विरोधका बाबजुद कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली लगायतका शीर्ष नेताहरु मञ्चमा बसे पनि मन्यव्य दिने काममा स्थानीय मधेसी र थारु नेताहरुलाई खटाइएको थियो । पार्टी अध्यक्ष ओलीले सम्वोधन गरेनन् ।
सानो संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले कालोझण्डा र नाराबाजी गरे पनि प्रहरीले उनीहरुलाई रोकेका कारण इनरुवामा एमालेको सभा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
अब एमालेको टोली भारदह हुँदै राजविराजतर्फ जाने आयोजकले बताएका छन् ।
गाडीमा ढुंगा प्रहार गर्ने एक पक्राउ
यसैक्रममा एमालेको टोली इनरुवाबाट सप्तकोशीतर्फ अघि बढेको छ । गाडीमा एक व्यक्तिले लुकेर ढुंगा प्रहार गर्दा एमाले कार्यकर्ता चढेको एउटा गाडीको सिसा फुटेको छ ।
ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले खेतमा भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4