+
+

प्रहरी भन्छ-प्रदर्शनकारीले पेट्रोल बम हानेपछि गोली चलाउनु पर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते २२:०१

२३ फागुन, राजविराज । सप्तरीको राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

एमालेको कार्यक्रम स्थलमा जाने प्रयास गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच पटकपटक झडप भएको थियो ।

तर, कार्यक्रमको अन्तिमतिर मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी रमेश भट्टराईले अनलाइाखबरलाई बताए ।

डीआईजी भट्टराईले भने, ‘मोर्चाका कार्यकर्तालाई थुप्रै पटक सम्झायौं तर, कार्यक्रम स्थलको करिब ३ सय मिटर नजिक पुगेपछि उनीहरुले प्रहरीमाथि र एमालेको कार्यक्रम स्थलमा गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि गोली चलाउनु पर्ने अवस्था आएको हो ।’

सुरक्षा निकायले निकै संयमता अपनाउँदा समेत समेत मोर्चाका कार्यकर्ता नियन्त्रण बाहिर जान थालेपछि नहुनु पर्ने घटना भएको डीआईजी भट्टराईले बताए ।

मोर्चाका कार्यकर्ताको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको एक थान सञ्चार सेट समेत खोसेर लगेका छन् ।

सवारी साधन जलाउने, प्रहरीमाथि पेट्रोल बम आक्रमण गर्ने गरेपछि सुरक्षाकर्मीले सयौं राउण्ड अश्रु ग्याँस र हवाई फायर गरेको थियो ।

प्रहरीका अनुसार एमालेको कार्यक्रमको विरोधमा करिब दुई हजारको संख्यामा मोर्चाका कार्यकर्ता उत्रिएका थिए । त्यस्तै सभामा भने ६ देखि ७ हजारको संख्यामा एमाले कार्यर्ता सहभागी भएको सुरक्षा निकायको आंकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?