Comments Add Comment

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई वार्तामा बोलाए


२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका नेताहरुलाई वार्तामा बोलाएका छन् ।

सप्तरी घटनापछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गरेको छ । यो जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरु छलफलमा नजाने सम्भावना छ । किनकी मधेसी मोर्चाले ३ बजे नै आफ्नो बैठक राखेको छ ।

सम्भवत यो बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्नेछ । सोमबार साँझको बैठकमा नै समर्थन फिर्ता लिने समझदारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment