Comments Add Comment

‘क्लिभेज’ कति देखाउने ? स्वरा र तापसी यसो भन्छन्

बलिउड अभिनेत्रीद्वय तापसी पन्नु र स्वरा भास्करको एउटा भिडियो अहिले चर्चामा छ । यसमा उनीहरुले ‘क्लिभेज शो’ अर्थात् वक्षस्थलको बीच भाग देखाउने प्रवृत्तिमाथि खुलेर चर्चा गरेका छन् ।

भिडियोमा उनीहरु भन्छन्, ‘हामी महिला हौं र हाम्रो जन्म क्लिभेजको साथमा भएको छ । यदि तपाईहरुसँग पनि छ भने देखाउनुस । भगवानले केही सोचेर नै यसलाई बनाउनुभएको होला । भने, अरु मान्छेले के सोच्छन् भन्ने भगवानको समस्या हो, हाम्रो होइन ।’

३ मिनेट २३ सेकेन्डको भिडियो ‘कति क्लिभेज देखाउनु ठिक हुन्छ ?’ भन्ने प्रश्नबाट सुरु हुन्छ । दुवै अभिनेत्रीले अफिस, जिम, बजार, क्लब र विवाहमा महिलाहरुलाई ब ििक्लभेज देखाउन जोगिने टिप्स दिएका छन् ।

अफिसः तापसी र स्वराले भनेका छन्, ‘अफिसमा धेरै प्रकारका मानिसहरु हुन्छन् । जस्तै अचम्मको लुक्स भएको अकाउन्ट वा रंगीन मिजासको म्यानेजर । यस्तोमा महिलाले सबै क्लिभेज छोपिने गरी हाइनेक लगाउनुपर्छ ।

जिमः जिममा हामी वर्कआउटकालागि जान्छौ । वजन कम गर्नु वा बढाउनु हाम्रो उद्देश्य हुन्छ । तर, पुरुषहरु त त्यहाँ पनि हुन्छन् र तपाईंमाथि पुरा नजर लगाउँछन् । यस्तोमा युवती र महिलाहरुले सफारी नेकको टीसर्ट लगाउनुपर्छ ।

भिडभाडमाः साँझ भिडभाड हुने ठाउँमा पोलो नेक वाला लुगा लगाउनुपर्छ ताकि मानिसहरुले तपाईंकहरुलाई देखेर जबरजस्ति गर्न नसकुन् ।

क्लवमाः यो सबैभन्दा टि्रकी ठाउँ हो । यस्तोमा महिलाहरुले स्कार्फले आफ्नो क्लिभेजलाई छोप्नुपर्छ । वा काकी, हजुरआमाको सल ओढ्नुपर्छ ।

विवाहको दिनः यस दिनमा सबैको नजर तपाईंमाथि हुन्छ । यस्तोमा स्क्यान्डल मच्चाएर के गर्नु । त्यसैले महिलाले आफूलाई पूर्णरुपमा छोप्नुपर्छ ।

भिडियोको अन्यमा स्वरा र तापसीले फेरि भन्छन्, ‘तपाईंले भुल्नुभयो भने हामी फेरि याद दिलाउँछौं कि हाम्रो जन्म यसको साथ नै भएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment