२९ फागुन, कैलाली । कैलालीको कोटातुल्सीपुर २ बाट अन्जदाजी ३ किलो ७०० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान बाजुरा रुगिन ४ स्थायी घर भएका ३७ बर्षीय बिर्ख कार्कीलाई अफिमसहित पक्राउ गरेको सुदूरपश्चिमका डिआइजी रोमेन्द्र सिंह देउजाले जानकारी दिए ।
बाजुरा घर भएपनि उनी बाँकेको कोहलपुर बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा भारत पैठारी गर्न लागेको अवस्थामा ब्यूरोको टोलीले कार्कीलाई पक्राउ गरेको डिआइजी देउजाले बताए ।
सेतो हेरोइनको कच्चा पदार्थको रुपमा लिइने अफिमको नेपाली बजारमूल्य डेढदेखि २ लाख प्रतिकेजीसम्म हुने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि अफिमसहित जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइने डिआइजी देउजाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4