Comments Add Comment

हाम्रो थोरै मात्र ठाकठुक पर्छः श्रीदेवी देवकोटा


पछिल्लो समयकी ब्यस्त गायिकाको रुपमा चिनिन्छिन्, श्रीदेवी देवकोटा । २५ भन्दा बढी एल्बम निकालेकी श्रीदेवीले पाँचसय गीतमा स्वर दिएकी छिन् । अभिनयप्रति रुची राख्ने श्रीदेवी फुर्सदको समय फेसबुक चलाएर र टीभी हेरेर बिताउँछिन् । उनै गायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
बिहान ६ बजे उठिसकेको हुन्छु । उठेपछि एकछिन मर्निङवाक गर्छु । त्यसपछि १५ मिनेट जति गीत गुन्गुनाउँछु ।

ब्रेकफाष्ट के हुन्छ ?
ब्रेकफाष्ट स्पेशल हुन्न । बिहान दुध हालेको चिया खान्छु, त्यसपछि खाना नै खान्छु ।

आजको कार्यक्रम के छ ?
आज एउटा गीत गाउनु छ । बेलुका पाँच बजेलाई स्टुडियोले टाइम दिएको छ । दिनभरि घरमै हुन्छु ।

घरमा बस्दा के गर्नुहुन्छ ?
बच्चा सानो छ । उसलाई हेर्न परिहाल्यो । घरको काम सबै गर्छु ।

खाना बनाउने काम कसले गर्छ ?
मैले नै गर्नुपर्छ भन्ने छैन । हामी श्रीमान् श्रीमति जो फुर्सदमा छौ, उसैले नै बनाउछौं । तर, स्पेशल मैले बनाएकी हुन्छु ।

को बढी रिसाह छ ?
मै अलि रिसाउँछु । तर, हाम्रो ठाकठुक सार्‍है थोरै हुन्छ । रिसाएपनि दुई मिनेटपछि बोल्न मन लागीहाल्छ ।

महिनामा कति खर्च हुन्छ ?
ठ्याक्कै त हिसाब गरेको छैन, मोटामोटी ३० हजार जति खर्च हुन्छ ।

महिनामा कति दिन घर बाहिर खानुहुन्छ ?
प्राय शुक्रवार हामी बाहिरै खान्छौं । महिनामा १० दिन जति हाम्रो खानपीन घर बाहिर हुन्छ ।

काठमाण्डौको के देख्दा दिक्क लाग्छ ?
धुवाँ धुलोको त के कुरा गर्नु । कहिले काम नभएर खाली बस्नुपर्दा दिक्क लाग्छ ।

फेसबुक कत्तिको चलाउनु हुन्छ ?
फुर्सदमा चलाउँछु । अरु काम नहुदा फेसबुक नै साथी जस्तै हुन्छ ।

ब्लक कतिलाई गर्नु भयो ?
पुग्यो होला पाँचसय जति । जे पायो त्यहि लेख्ने र पटक-पटक म्यासेनजरमा फोन गर्नेलाई ब्लक गरिदिन्छु ।

मोबाइलमा मासिक खर्च कति होला ?
धेरै हुन्न, एक हजारले पुग्छ ।

ब्रत बस्ने गर्नु भएको छ ?
पहिला पहिला बस्थेँ, अहिले बस्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment