Comments Add Comment

‘रुद्र’मा खलनायक निखिल, जान्नुहोस् कहिले हुनेछ रिलिज


नायक निखिल उप्रेतीको प्रोडक्शनबाट निर्माण भएको चलचित्र ‘रुद्र’को प्रदर्शन मिति तय गरिएको छ । ‘द निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट यो चलचित्रको निर्माण भएको हो । यो चलचित्र अर्को बर्षको साउन २० गतेबाट रिलिज हुने भएको छ । चलचित्रमा नायक निखिल उप्रेती खलपात्रको भूमिकामा देखिएका छन् ।

चलचित्रमा निखिलका साथमा विश्व र साराको मुख्य भूमिका छ । विश्व र सारा यो चलचित्रबाट नेपाली रजतपटमा जम्ने अपेक्षा गरिएको छ । चलचित्रमा भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतका कलाकारको पनि अभिनय छ ।

हिमाल केसीको एक्सन, सौरभ लामाको छायांकन रहेको चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment