News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली चलचित्रका नायक निखिल उप्रेतीलाई नेपाल स्ट्रिट प्रिमियर लिगको ब्राण्ड एम्बासडर नियुक्त गरियो।
- उप्रेतीले एनएसपीएलमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे र क्रिकेट प्रवर्धन गर्ने धारणा व्यक्त गरे।
- एनएसपीएलको आयोजना असोजमा हुने तय भएको छ।
२३ असार, काठमाडौं । नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेती नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।
एनएसपीएलले सोमबार आयोजित पत्रकार सम्मेलनमा चर्चित अभिनेता उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा घोषणा गरेको छ ।
नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका सुपरस्टार निखिल उप्रेती पर्दामा आफ्नो शतिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् ।
ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपीएलमा आबद्ध हुन पाउदा उनलाई अत्यन्त खुसी र गर्व महसुस भएको बताए । एनएसपीएलले समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने उनको धारणा रहेको छ।
एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले उप्रेतीलाई ब्राण्ड एम्बेसेडरको रुपमा स्वागत गर्दै गर्व महसुस भएको बताए।
एनएसपीएल क्रिकेट आउँदो असोजमा हुने तय छ ।
प्रतिक्रिया 4