Comments Add Comment

बंगुरको मुखौटा लगाउँदा सौगातको यस्तो अनुभव


व्यवसायिक रुपमा ठूलो सफलता हात पार्न नसकेपनि नायक सौगात मल्ल अहिलेका सर्वाधिक चल्तीका नायक हुन् । सौगात हरेक चलचित्रमा फरक भूमिका निर्वाहा गर्न रुचाउँछन् । उनै सौगातले चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन’मा फरक भूमिका निर्वाहा गरेका छन् । यो चलचित्रका लागि आफूले निकै दुःख गरेको सौगातको भनाई छ ।

यो चलचित्रमा उनले नक्कली दात्त र बंगुरको मुखौटा नै लगाएका छन् । उनले भने-‘गाह्रो काम गर्न र पसिना निकाल्न मलाई रमाइलो लाग्छ । मुखौटा लगाएर अभिनय गर्दा केहि निसास्सिएको जस्तो भएको थियो । तर, गाह्रो भएपनि मुखौटा लगाएर अभिनय गर्दा रमाइलो भने लाग्यो ।’ उनले पहिल्यैदेखि नै आफू मुखौटासँग खेल्ने गरेको सुनाए ।

यूरोपमा अधिकांश दृश्य खिचिएको यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । चलचित्रमा सौगातसँगै दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंग थापा, सिड खरेल लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् ।

ट्रेलर सार्वजनिक भएसँगै चर्चा पाएको यो चलचित्रलाई दर्शकले मन पराउने र नयाँ व्यापारिक रेकर्ड राख्ने विश्वास यसको निर्माणपक्षले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment