+
+
Shares

जहाँ रेल चढ्न सानोतिनो ‘युद्ध’ लड्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ४ गते १४:३७

यदि तपाईंलाई भिडभाडको कारणले सार्वजनिक यातायात प्रयोग गर्न दिक्दार लाग्छ भने यी तस्वीरहरुले केही सान्त्वना दिन सक्छन् । तस्वीरहरु बंगलादेशको राजधानी ढाकाका हुन् ।

शहरबाट बाहिर जाने रेल चढ्नका लागि यति ठूलो संघर्ष गर्नुपर्छ कि पहाड चढ्न पनि यति संघर्ष नहोला ! गतिलो सीट पाउनु त परेको कुरा जसोतसो छतमा अडिन पाउनेहरुले पनि आफूलाई भाग्यमानी सम्झिनुपर्छ । छतमा पनि ठाउँ नपाउनेहरु साइडमा झुण्डिन्छन् ।

यो आक्कलझुक्कल होइन, दैनिक देखिने दृष्य हो । हजारौंको संख्यामा कामदारहरु आफ्नो काम सकेर घर फर्किने क्रममा रेल चढ्न यसरी झुत्ति खेल्नुपर्छ । पुरुष, महिला र बालबच्चाहरु युद्धमा होमिए जसरी १२ फिट अग्लो रेलको छतमा उक्लिन संघर्ष गर्छन् । यस्तो यात्रा जति जोखिमपूर्ण भए पनि उनीहरुसँग अर्को विकल्प हुँदैन किनकी भित्रका सिटहरुमा थोरै मान्छे अटाउँछन् ।

डकुमेन्ट्री निर्माता युसुफ तुसारले ढाका सिटी रेल स्टेसनमा दिनभरी बसेर त्यहाँको जात्रालाई क्यामरामा कैद गरे । उनी भन्छन्, ‘बिहान मानिसहरु काममा आउने बेला र बेलुका कामबाट फर्किने बेला यहाँ खपिनसक्नु भिड हुँदोरहेछ ।’

तुसारका अनुसार करिब २ हजार यात्रुहरु रेलको छतमा चढेर यात्रा गर्छन् । धेरै मानिसहरुलाई चढ्नका निम्ति सहयोग चाहिन्छ, या त भित्र रहेका व्यक्तिहरुबाट वा छतमा बसेकाहरुबाट, किनकी छत धेरै अग्लो छ ।

तुसार आफैं पनि रेलको छतमा चढेर अनुभव लिएका थिए । यो रेल प्रतिघन्टा औसत २७ माइल कुद्ने गरेको उनी बताउँछन् । ‘धेरै यात्रुहरु छतमा कतै नसमातिकन बसिरहेका हुन्छन्, किनकी वरिपरीबाट चेपिएकाले उनीहरु यत्तिकै स्थिर हुन्छन्,’ डकुमेन्ट्री निर्माता तुसारले भने, ‘कुनै चाडपर्व वा लामो छुट्टि परेका वखत यो भीड झनै ठूलो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?