Comments Add Comment

थ्रेसहोल्डविरुद्ध मधेसी मोर्चा र साना दल एकजुट

१९ दलले भने-थ्रेसहोल्ड राखियो भने ३ दलमात्र संसदमा आउनेछन्

९ चैत, काठमाडौं । प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी संसदमा पेश भएको राजनीतिक दलसम्वन्धी बिधेयकविरुद्ध मधेसी मोर्चा र साना दलहरु एकजुट भएका छन् ।

संसदको बुधवारको बैठकमा मधेसी मोर्चाले थ्रेसहोल्डको बिरोध गर्दै संसद बहिस्कारलाई निरन्तरता दियो ।

सत्तापक्ष र विपक्ष गठबन्धनमा रहेका साना दलहरु पनि बिधेयकको विरोध गरेका छन् । उनीहरुले समेत असंसदीय कारवाही अघि नबढाउन सभामुखलाई आग्रह गरेका छन् ।

संसदको नियमित कारवाही अघि बढ्नुअघि नै आ-आफ्नो स्थानबाट उठेर बिरोध जनाएका साना दलका सांसदहरुले प्रस्तावित राजनीतिक दल सम्बन्धी कानुनको बिरोध गरे ।

संसद बैठकमा साना दलको तर्फबाट बोल्दै मालेका सांसद सीपी मैनालीले चुनावमा थ्रेसहोल्ड राख्ने दुनियामा कहिँ नभएको व्यवस्था नेपालमा गर्न लागिएको बताए । उनले प्रधानमन्त्री र अन्य ठूला दलका नेताहरुले थ्रेसहोल्ड नराख्ने बचन दिए पनि राज्य व्यवस्था समितिबाट उल्टो बिधेयक पारित भएको बताए ।

राष्ट्रिय पार्टीको मान्यता पाउन ३ प्रतिशत मत र एक सिट प्रत्यक्ष जित्नुपर्ने व्यवस्था गरेर भोलि प्रत्यक्ष चुनाव नजित्ने दलले १० प्रतिशत मत ल्याउँदा पनि समानुपातिकबाट सांसद नपाउने अवस्था आएको माले महासचिव मैनालीले बताए । मैनालीले भने-कहिँ नभएको जात्रा हाँडीगाउँमा भयो । यो व्यवस्थाले त आज २४ सांसद पाएको तत्कालिन राप्रपा नेपालले एकजना पनि सांसद नपाउने अवस्था आउँछ ।’

यो व्यवस्थाले ३ दल बाहेक अरु दलले संसदमा प्रतिनिधित्व गर्न नपाउने अवस्था सिर्जना गरेको भन्दै मैनालीले समानुपातिकको संख्या घटेसँगै स्वतः थ्रेसहोल्ड भइसकेको बताए ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले यो बिधयेकले दुई वा तीन दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अवस्था रहेको बताए । उनले संविधानमा नलेखिएको ३ प्रतिशत र एक प्रत्यक्ष सिट जित्नैपर्ने प्राबधान कानुनमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाए । थ्रेसहोल्डबिरुद्ध बिभिन्न १९ दल एकजुट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment