+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मिस चितवनको ताज सुमन गुरुङलाई

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ चैत १२ गते १२:४७

चितवन । ‘मिस चितवन-२०१७’ तेस्रो संस्करणको ताज सुमन गुरुङले पहिरेकी छन् । सुमनलाई मिस नेपाल-२०१६ अस्मी श्रेष्ठले ताज लगाइदिइन् ।

उपाधिसँगै गुरुङले वाइल्ड कार्डमार्फत सिधै मिस नेपाल-२०१७ मा सहभागी हुने अवसर पाएकी छन् । शुक्रबार राति सम्पन्न फाइनलमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मिस चितवनको ताज पहिरेकी हुन् ।

उनले यमाहा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवासमेत पुरस्कारस्वरुप पाएकी छन् ।

यस्तै प्रतियोगितामा मनिषा भट्टराई फष्ट रनरअप, सुवेच्छा शर्मा सेकेण्ड रनरअप, सुजिता न्यौपाने तर्ड रनरअप र उरुषा अधिकारी फोर्थ रनरअप भईन् ।

ब्राइट नेपालको आयोजनामा भएको मिस चितवनमा २८ जना किशोरीले भाग लिएका थिए । यस्तै प्रतियोगितामा विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो ।

प्रतियोगितामा बेष्ट पर्फमेन्स अवार्डः मनिषा अधिकारी, बेष्ट स्किन अवार्डः मनिषा भट्टराई, बेष्ट फिगर अवार्डः निशा चौधरी, पोपुल च्वाइस अवार्डः नमुना कार्की, बेष्ट ड्रेस अवार्डः बिनिता लुईटेल, मिस कोजेन्ट अवार्डः रजिना बिसुराल, बेष्ट स्माईलः सुजिता न्यौपाने, बेष्ट वाक अवार्डः इरुविन केसी, मिस ट्यालेन्ट अवार्डः सोनम तामाङ, बेष्ट फ्रेण्डसीप अवार्डः सम्पदा पिया, मिस फोटोजेनिक अवार्डः इरुविन केसी, मिस पर्सनालिटि अवार्डः सुमन गुरुङ, मिस मल्टिमिडिया अवार्डः निशु श्रेष्ठ, मिस बेष्ट हेयर अवार्डः मनिषा अधिकारीले जितेका छन् ।

यसअघि सन् २०१३ मा भएको दोस्रो मिस चितवनको ताज सितोष्ना बनले जितेकी थिइन् । उनी मिस नेपालमा सहभागी भइ एउटा अवार्ड समेत जित्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?