Comments Add Comment

हलमा पुगे दयाहाङ, ‘लप्पन छप्पन’को व्यापार कस्तो छ ?


शुक्रबारबाट रिलिज भएको चलचित्र ‘लप्पन छप्पन’ले शनिबार केहि सुखद व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा भने केहि सुखद व्यापार गर्‍यो । चलचित्रको शनिबार ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी रहेको निर्माणपक्षको दाबी छ ।

हुनत, वितरक गोविन्द शाही चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताउँछन् । तर, गोविन्द उनले वितरण गरेका हरेक चलचित्रको वास्तविक व्यापार भन्दा केहि बढाएर भन्न सिपालु छन् । यो चलचित्रले काठमाण्डौका १९ र मोफसलका ४५ वटा हलमा रिलिज भएको छ । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा जस्ता मल्टिप्लेक्समा चिनिएका कलाकारको मुख्य भूमिका रहेकाले पनि चलचित्रलाई  सुखद प्रतिक्रिया मिलेको हो ।

मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् । दर्शकको प्रतिक्रिया वुझ्न चलचित्रका मुख्य नायक दयाहाङ राइ, नायिका बर्षा सिवोकाटी हलमा पुगेका थिए । उनीहरुले दर्शकको विचमा रहेर सेल्फी पनि खिचाए चलचित्रको बारेमा दर्शक र समिक्षकबाट मिश्रति प्रतिक्रिया आइरहेको छ ।

आजबाट हुने व्यापारले चलचित्र कुन रेशमा दौडिनेछ भन्ने थाहा हुनेछ । यूरोपको लोकेशनमा खिचिएको यो चलचित्रको मेकिङमा यसको निर्माणपक्षले मिहिनेत गरेको देखिन्छ ।

बर्षासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment