Comments Add Comment

महोत्तरीमा २ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने एमालेको निर्णय

१३ चैत, काठमाडौं । नेकपा एमालेले महोत्तरीको बर्दिवासमा दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले चुनावलाई लक्षित गर्दै यही चैत १६ र १७ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

मधेसी मोर्चाको अवरोधका कारण एमालेले दुई नम्बर प्रदेशमा मेची-महाकाली अभियान अन्तर्गतको कार्यक्रम भने गर्न सकेको छैन ।

यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले चैत महिनाभर प्रदेश नम्बर दुईमा सांगठनिक गतिविधिलाई अघि बढाउने र बैशाख लागेपछि निर्वाचन केन्दि्रत अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने कार्यविधि र मापदण्ड बनाइसकेको एमालेले घोषणा-पत्र तयारीको कामलाई पनि अघि बढाएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment