+
+
Shares

मधेसी मोर्चाका नेताले एमाले नेताका श्रीमती र बुहारीमाथि दुर्व्यवहार गरेको आरोप

एमाले भन्छ-घरमै गएर दुर्व्यवहार भयो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १६ गते १२:५२

१६ चैत, काठमाडौं । नेकपा एमालेले सप्तरीको राजविराजमा मधेसी मोर्चाका नेताले एमाले केन्द्रीय सदस्य सुमन प्याकुरेलकी श्रीमती र बुहारीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमाले केन्द्रीय सचिवालयका सचिव प्रदिप ज्ञवालीले बुधवार विज्ञप्ति जारी गरी मोर्चा नेता कार्यकर्ताबाट प्याकुरेलको परिवारका महिला सदस्यमाथि भएको दुर्व्यवहारप्रति सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

राजविराजस्थित आफ्नो घरमा गएका बेला सुमन प्याकुरेलकी श्रीमती ज्योती र बुहारी रश्मीलाई मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा गएको समूहले घेराबन्दी गर्दै गालिगलौज गरेको एमालेले जनाएको छ ।

रश्मीले पनि आफूहरु विराटनगरमा राजविराजस्थित घरमा आउनासाथ मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेको अनलाइनखबरलाई बताइन् ।

राजविराजमा एमालेको आमसभा विथोल्ने क्रममा प्रहरीसँग भएको झडपमा ५ जना मारिएपछि मधेसी मोर्चाका नेताहरुले सार्वजनिक रुपमै सप्तरीका एमाले नेताहरुमाथि आक्रमणको धम्की दिएका छन् ।

एमालेको विज्ञप्तिमा भनिएको छ- देशका विभिन्न जिल्लामा नेपाली कांग्रेसलगायत विभिन्न पार्टीका कार्यक्रम बिथोल्ने र आफूसँग असहमत हुने कार्यकर्तामाथि आक्रमण गर्ने काम मधेसी मोर्चाबाट भइरहेको छ । नेकपा एमाले, मोर्चाका यस्ता क्रियाकलापको निन्दा र भ्रत्सना गर्दै मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढंगले प्रस्तुत हुन ध्यानकाकर्षण गराउछौं ।’

मधेसी मोर्चाले भने यसबारे केही बोलेको छैन ।

पढ्नुहोस् एमालेको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?