Comments Add Comment

२३ बर्षमा अनमोल, भन्छन्-‘राम्रो फिल्म र समाजसेवा मुख्य चाहना’

'भ्यालेन्टाइनदेखि बर्थ डे सेलिव्रेशन चलचित्रको सफलतापछि मनाउँछु'

नेपाली चलचित्र क्षेत्रका यूवा स्टार हुन्, अनमोल केसी । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै स्टारको रुपमा परिचित अनमोल ४ वटा चलचित्रमा काम गर्दासम्म सुपरस्टारको ट्याग बोक्न सफल भैसकेका छन् । उनै, अनमोल आजबाट २३ बर्षमा प्रवेश गरेका छन् । उनले आफू आजबाट २३ बर्षमा प्रवेश गरेको अनलाइनखबरसँग बताएका छन् । नायक भूवन केसी र नायिका तथा निर्मात्री सुस्मिता केसीका छोरा अनमोल अहिलेका पुस्तामा सबैभन्दा बढी फ्यान कमाउने नायक हुन् ।

‘जेरी, डि्रम्स र गाजलु’ पछि अनमोल अहिले चलचित्र ‘कृ’को तयारीमा छन् । आज एक बिहानै बुढानिलकण्ठको कृष्ण मन्दिरमा गएर उनले पूजा गरे । भगवान्सँग के प्रार्थना गर्नुभयो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने-‘मैले यो संसारमा जति पनि दुःख पाएका प्राणी छन्, सबैलाई सुख मिलोस् भनेर मागेँ । मेरा लागि मैले भगवान्सँग केहि पनि मागिनँ ।’

‘कृ’का लागि खुबै मिहिनेत
चलचित्र बजारमा नायक केसीले अभिनय गर्न लागेको पाचौ चलचित्र ‘कृ’ छायांकनमा जान नसकेपछि विभिन्न खालका गसिप चलिरहेको छ । अनमाले यो बिषयमा भन्छन्-‘मैले कथा मन नपराएका कारण रोकिएको भन्ने कुरा गलत हो । यो प्रोेजेक्ट मैले मन परेकै कारणले गरेको हुँ । राम्रो चलचित्र बनाउन हतार नगरौ भनेर हामीले केहि समय लिएका हौं ।’ यसपटक अनमोलले ज्यान बनाउनदेखि अन्य विभिन्न पाटोमा खुबै मिहिनेत गरेका छन् ।

यस बिषयमा उनी भन्छन्-‘काम गाह्रो भएपनि मैले असहज महशुश गरिनँ । सायद, विज्ञान पढेर वा म्यानेजमेन्ट पढेर अफिसमा काम गर्नु परेको भए मलाई गाह्रो हुन्थ्यो होला । तर, अभिनयमा त म सानैदेखि रमाउथ्यँ । यसैले, मलाई मिहिनेत गर्दा आनन्द लागिरहेको छ । पहिले भन्दा आफूलाई धेरै सुधार गर्ने काम गरेको छु । आशा छ, दर्शकहरुले मेरो यो मिहिनेत र कामलाई मन पराइदिनुहुनेछ ।’

अबको योजना
२३ बर्षमा लाग्दै गर्दा अनमोलले ठूलो सपना बुनेका छैनन् । यसरि नै राम्रो चलचित्र दिने योजना उनको छ । साथमा उनले भने-‘मलाई चलचित्रसँगै सामाजिक काममा पनि समय दिन मन लाग्छ । म पहिलेदेखि नै समाजसेवामा रुची राख्थेँ । अब, यसलाई झनै अगाडि बढाउँछु ।’

के मिस गर्छन् अनमोल ?
अनमोललाई सबैभन्दा पहिले आमा सुस्मिता केसीले फोन गरेर विस गरेकी थिइन् । त्यसपछि, वूवा भूवन केसीले विस गरे । अनमोल जन्मदिनमा आफूले पार्टी मिस गर्ने बताउँछन् ।

उनले भने-‘मैले, पहिला पहिला खुबै पार्टी गर्थेँ । तर, अहिले त्यो पनि गर्न सक्दिनँ । झन्, अहिले त चलचित्रको लुक सार्वजनिक हुने भएकाले नयाँ बर्ष, भ्यालेन्टाइन, जन्मदिन केहि पनि मनाउन पाइनँ ।’ अनमोलले, अब सबैकुरा चलचित्र सफल भएपछि एकसाथ सेलिव्रेशन गर्ने बताए । अनमोलले आफ्नो अहिले भ्यालेन्टाइन मनाउने कुनै साथी नभएको बताए ।

अनमोलले आज आफूले बाबाजीहरुसँग बसेर जन्मदिन मनाएको बताए । भने-‘प्रभुजीहरुले मेरा लागि प्रार्थना गरिदिनु भयो । यसपछि, केक काट्नुभयो । म हरेक हप्ता मन्दिरमा पुग्छु ।’

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक अनमोल केसीलाई हाम्रोतर्फबाट पनि जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment