Comments Add Comment

मेरी श्रीमतीमा प्रतिभा छ, मेरो कृपाले नायिका भएकी होइनन्ः वसन्त निरौला


‘विजयपथ’, ‘राजनीति’, ‘आवेग’ लगायतका चलचित्र निर्देशन गरेका निर्देशक वसन्त निरौला अहिले ‘मेला’ नामको प्रोेजेक्टमा व्यस्त छन् । ‘मेला’ अहिलेका दर्शकलाई मन पर्ने दावी उनले गरेका छन् । उनै निर्देशकलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाईंको निर्देशनमा बन्ने चलचित्र परम्परागत हुन्छ भन्ने आरोप धेरैको छ, के भन्नुहुन्छ ?
चलचित्र आफैंमा एउटा परम्परागत विधा हो र म कमर्सियल चलचित्रमा विश्वास गर्छु । धेरै दर्शकको झुकाव यस्तै चलचित्रमा हुने भएकाले पनि मैले ति चलचित्रलाई जोड दिएको हुँ ।

२. तपाईं अझै स्टारकै भरमा चलचित्र चलाउन खोज्नुहुन्छ रे हो ?
चलचित्र भन्ने कुरा समय र दर्शकको माग अनुरुप हुनुपर्छ । कुनै वेला स्टारको जमाना थियो । मैले राजेश हमाल, कोमल वलि जस्ता स्टार राखेर चलचित्र बनाएँ । तर, अहिले विषयमा बढी ध्यान दिन थालेको छु ।

३. विषयमा मिहिनेत थोरै गर्नुभयो तर स्टारकै पछि लाग्नुभयो भन्छन् नि !
केहि चलचित्रमा स्टार राखेँ भन्दैमा त्यसो भन्न मिल्दैन । बिजयपथ, आवेगमा स्टार राखेँ । अहिले ‘मेला’ बनाउँदैछु । त्यसमा मैले विषयमा प्रशस्त मिहिनेत गरेको छु । कथा लेखनमै धेरै महिना खर्चिएँ ।

४. हरेक चलचित्रमा श्रीमतीलाई अनिवार्य नायिका बनाएको देखिन्छ, श्रीमतीको दबाब हो कि कथाको आवश्यकता ?
पहिलो चलचित्रमा मैले पवित्रालाई अभिनय गराउँदा मेरो बिहे नै भएको थिएन । ‘आवेग’ मा पनि उनको आवश्यकता भएरै राखेको हो । यदि मेरो घरमा कुनै कलाकार छ भने म राख्छु । तर, मैले जर्बजस्ती राखेको छैन । मेरो श्रीमती कोरियोग्राफी गर्छिन । नयाँ चलचित्रमा उनलाई कोरियोग्राफर बनाउँदै छु । मेरो कृपाले हैन । उनी आफ्नै क्षमताले कोरियोग्राफर बनेकी हुन् ।

५. तपाईं उमेरले तन्नेरी भए पनि चलचित्र बुढ्यौली शैलीको बनाउनुभयो भन्नेलाई के भन्नुहुन्छ ?
मैले अघि नै भने नि, चलचित्रसमय र दर्शकको माग अनुरुप हुनुपर्छ । बुढ्यौली शैलीकै चलचित्र भने बनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment