+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कांग्रेसका मन्त्रीहरुलाई बोलाएर निधिले भने- दोस्रो वरियता नपाए राजीनामा दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते २०:०९

२४ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारमा दोस्रो वरियता नपाए राजीनामा दिने चेतावनी दिएका छन् ।

सरकारमा कांग्रेसको नेतृत्व गरेका गृहमन्त्री निधिले बिहीबार गृह मन्त्रालय पार्टीका मन्त्रीहरुलाई बोलाएर आफूले प्रधानमन्त्रीपछिको वरियता आफूले पाउनु पर्ने बताए । महरा पनि आफू भन्दा पछाडि बसेर काम गरेको सुनाउँदै उनले भने, ‘कमल थापा भन्दा पछाडि बस्न गाह्रो हुन्छ ।’

एक मन्त्रीका अनुसार उनले आफूले दोस्रो वरियता नपाए राजीनामा दिने प्रष्ट संकेत गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच बरियता विवादका कारण मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन । बिहीबार बोलाइएको बैठक पनि आइतबारका लागि सारिएको छ ।

प्रचण्ड सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका निधि दोस्रो वरियतामा थिए र प्रधानमन्त्री भारत गएका बेला कार्यबाहकको जिम्मेवारी पनि सम्हाले ।

तर, पछिल्लो पटक राप्रपा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेसँगै वरियता विवाद सुरु भएको छ । थापाले आफूलाई दोस्रो वरियता दिने सहमति भएको दाबी गर्दै आएका छन् ।

दुई चरणमा चुनावको लबिङ

बैठकमा गृहमन्त्री निधिले मधेसी मोर्चासँग सहमतिका लागि भइरहेको प्रयासबारे जानकारी गराएका छन् ।

अहिले संसदमा रहेको संशोधनको सीमांकन बाहेकका विषय र निर्वाचक मण्डलबाट स्थनीय तह प्रमुख र उपप्रमुखलाई डिलिंक र २७४ संशोधन गर्नु पर्ने उनको मत थियो । साथै मधेसी मोर्चाले दुई चरणमा चुनाव भए सहभागी हुने बताएको निधिले बताए ।

एक मन्त्रीले भने, ‘उहाँले दुई चरणमा चुनाव भए मधेसी मोर्चा आउँछ भन्नु भएको छ ।’

दुई चरणको चुनावबारे कांग्रेसमा मतभेद देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा यसको पक्षमा छैनन् । तर, निधिले भने दुई चरणमा चुनाव गर्ने गरी भएपनि मधेसी मोर्चालाई सहमतिमा ल्याउनु पर्ने मत राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?