Comments Add Comment

यस्तो कारखाना जसका आधा मजदुर करोडपति छन्

कुनै कारखानामा काम गर्ने मामुली मजदुर करोडपति हुनसक्ला ? आखिर गरीब भएर नै मजदुर बन्ने हो, पुँजिवादको यो जमानामा मजदुर करोडपति हुन मुस्किलै छ भन्नुहोला । अर्को कुरा कुनै करोडपति आफै मालिक बन्छ र मजदुरी गर्दैन । तर भारतको एउटा कारखानामा काम गर्ने मजदुर मध्ये आधा भन्दा बढि मजदुर करोडपति छन् ।

भारतको अहमदावादस्थित साणन्दमा रहेको एक कारखानामा काम गर्ने आधाजसो कामदार करोडपति छन् । कारखानाका मेसिन अपरेटरदेखि सुपरभाइजर, गार्ड र पियन सम्म करोडपति रहेका छन् ।

समाचार अनुसार रविराज फोइल्स लिमिटेड कम्पनीमा काम गर्ने ३ सय कर्मचारीमध्ये डेढ सय भन्दा बढि कर्मचारीको करोड भन्दा बढि बैंक ब्यालेन्स छ ।

तर आश्चर्य नमान्नुहोला । कारखानामा काम गरेर मजदुरहरु करोडपति भएका भने होइनन् । आफ्नै जमिन सरकारले अधिग्रहण गरेबापत दिएको मुआब्जाका कारण उनीहरु करोडपति भएका हुन् । वास्तवमा त्यहाँका जग्गाधनीहरुलाई जग्गा अधिग्रहणको क्रममा करोडौँ मुआब्जा बाँडियो । सामान्य जग्गाको चर्को मुआब्जा पाएपछि मानिसहरु एकाएक करोडपति बने । उनीहरु करोडपति बनेपनि आफुले काम गर्दै आएको कारखाना भने छाडेका छैनन् । विगतमा दैनिक गुजाराका लागि काम गर्ने गरेका उनीहरु अहिले करोडपति भैसके तर अझैप्नि मासिक १०।२० हजार भारु तलबमा कारखानामा काम गरिरहेका छन् । नगरुन् पनि किन विगतमा गरिखाने जग्गा अधिग्रहण भैसकेको छ । भलै उनीहरुको बैंक ब्यालेन्स करोडको अंकमा छ, तर आयको एकमात्र साधन भनेको कारखानाको नोकरी नै रहेको छ ।
एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment