Comments Add Comment

नाेवेलले सुरू गर्‍यो नि:शुल्क सेवा

विराटनगर । सरकारले तोकेका सातवटा स्वास्थ्य सेवा विराटनगरको नोवेल मेडिकल कजेलले निः शुल्क प्रदान गर्न थालेको छ । उपत्यका बाहिरका अस्पताल मध्ये निजिस्तरको अस्पतालमा पहिलो पटक नोवेलले यो सेवा निः शुल्क प्रदान गर्न थालेको हो ।

नोवेल मेडिकल कलेजले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरीे सरकारले तोकेका सातवटा स्वास्थय सेवाको आरम्भ गरिएको अस्पताल निर्देशक डाक्टर राजेश नेपालले बताए ।

उनले विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत विपन्न नागरिकहरुलाई मुटु रोग,हेडइन्जुरी,स्पाइनल इन्जुरी, अल्जाइमर,पार्किन्सन र मृगौला रोगको हेमोडाइलाइसी गर्नका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालिएको जानकारी दिए ।

डा. नेपालले स्वास्थ्य मन्त्रालय निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नोवेललाई सूचिकृत अस्पतालको रुपमा अनुमति दिएपछि नोवेल अस्पतालले सो सेवा शुरु गरेको हो ।

सरकारले विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका अनुसार मुटु रोग,हेडइन्जुरी,स्पाइनल इन्जुरी,अल्जाइमर,पार्किन्सन र मृगौला रोगको हेमोडाइलाइसी गर्नका चर्ना भई उपचार विरामीलाई सम्वन्धित रोगका लागि बढीमा एक लाखसम्मको उपचार सुबिधा निःशुल्क गरेको छ ।

सरकारले तोकेको निःशुल्क स्वास्थ्य सेवाका लागि यसअघि राजधानी काठमाडौंको सरकारी अस्पताल वीर अस्पताल, ट्रमा सेन्टर र मुटु रोगका लागि गंगालाल हृदय रोग निवारण केन्द्रमा संचालन रहेको थियो ।

नोवेल अस्पतालमा यस अघि आमा सुरक्षा कार्यक्रम संचालनमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment