Comments Add Comment

गर्मीमा मेकअपलाई कसरी पसिनाबाट जोगाउने ?

यसरी गर्ने वाटरप्रुफ मेकअप

गर्मी याममा मेकअप गरेर बाहिर निस्कनुपर्छ, पसिनाले हैरान बनाउँछ । धेरैलाई यस्तै भएको हुनुपर्छ । एकतिर घामको रापबाट छालाको सौन्दर्य जोगाउनुपर्ने, अर्कोतिर पसिनाबाट । जतिसुकै मिहेनत गरेको मेकअप पनि पसिनाले पखालिदिन्छ । त्यसमाथि धुलो र धूँवाको मार त छदैछ ।

कतिले गर्मीमा हेभी मेकअप गर्दैनन्, पसिनाकै डरले । तर, विना मेकअप हिँड्न पनी गाह्रो । कतिपय अवस्थामा त मेकअप गर्नैपर्ने हुन्छ । अब के गर्ने त ? गर्मीमा चर्को घामको किरण र पसिनाको समस्याबाट छुटकारा पाउने काइदा छ ।

१. राम्रो बेस

मेकअप गर्नुअघि प्राइमर प्रयोग गरौ । यसले पसिनाकै कारण मेकअप पखालिदैन । प्राइमर लगाएपछि राम्रो बेस तयार हुन्छ, जसले मेकअपलाई वाटरप्रुफ बनाइदिन्छ । यसका साथै, मेकअपका लागि वाटरप्रुफ प्राइमर नै लगाउनु पर्छ । प्राइमर उपलब्ध नभएको अवस्थामा सीसी क्रीम पनि प्रयोग गर्न सकिन्छ ।

२. आइल कन्ट्रोल फेसवास प्रयोग गर्ने

गर्मीको दिनमा आयल कन्ट्रोल फेस वास उपयोगी हुन्छ । यसले तपाईको अनुहारको अतिरित्त तेल निकाल्छ । नतिजा, अनुहारको छाला ताजा देखिन्छ । यसका साथै आयल कन्ट्रोल फेसवास प्रयोग गरेपछि टी-जोनबाट तेल आउँदैन, जसले मेकअप विग्रनबाट जोगाउँछ ।

३. आइसक्युव वा बरफ

अनुहारमा आइसक्युव वा बरफ लगाउनाले मेकअप लामो समयसम्म रहन्छ । एउटा आइसक्युब लिने र अनुहारमा सर्कुलेशन मोशनमा मसाज गर्ने । यसका साथै आँखाको आसपास पनि मसाज गर्ने, जसले डार्क सर्कल कम देखिन्छ । यसलाई केहि समय सुक्न दिने र मेकअप गर्ने ।

४. सेटिङ स्प्रे

कुनैपनि मेकअप गर्नुअघि आफ्नो अनुहारमा मेकअप सेटिङ स्प्रे लगाउन सकिन्छ । यसलाई आफ्नो अनुहार र गर्दनमा लगाउने, जसले पसिना आउनबाट रोक्छ । त्यसपछि मेकअप गर्ने ।

५. आयल फ्रि सनस्क्रि लगाउने

गर्मीको दिनमा आयल फ्रिसनस्क्रिन लगाउनु पर्छ । यसले पनि मेकअपलाई टिकाउन मद्दत गर्छ । आयल फ्रिसनस्क्रिन प्रयोग गर्दा अनुहारमा धेरै तेल निस्कदैन । साथै छालालाई हानिकारक किरणबाट पनि जोगाउँछ ।

७. वाटरप्रुफ मेकअपको प्रयोग

सधै वाटरप्रुफ मेकअपकै प्रयोग गरौ, जो गर्मीमा धेरै समय टिक्न सक्छ । यसमा वाटरप्रुफ आइ मेकअप, वाटरप्रुफ लिप बाम, वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment