+
+
Shares

फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १८:५७

२५ वैशाख, काठमाडौं । पोखराको फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएको छ ।

सशस्त्र प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको हो ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डुंगामा भारत घर बताउने २५ वर्षीया सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ गाउँ बस्ने नेन्दबहादुर गुरुङ सवार थिए ।

डुंगा पल्टिएर फेवातालको बीचमा फसेका सबै जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो ।

उद्धार गरिएकामध्ये गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?