हाँस्य कलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आफ्नो जन्मदिन रेडियो अडियोमा मनाए । उनको जन्मदिनको उपलक्ष्यमा हाँस्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्देशक विकास आचार्य, केदारकी श्रीमति सिता घिमिरे उपस्थित थिए ।
तर, शुभकामना दिने क्रममा कलाकार दीपकराज गिरीले केदारप्रति गरेको रमाइलो टिप्पणी रोचक थियो । उनले भने-‘केदार घिमिरे मेरो एटीएम कार्ड हो । सायद गत बर्ष धेरै नै घोटेछु कि के हो, घोट्दा घोट्दा स्क्याच नै भएछ ।’ उनले केदार बिरामी भएको प्रसंगमा यो कुरा भनेका थिए ।
जन्मदिन मनाउने क्रममा केदारले भावूक हुँदै भने-‘हामी विच भावानात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु विच एक खालको एकता भएको छ । पहिले पहिले हामीविच प्रतिस्पर्धाको गन्ध आउथ्यो । कार्यक्रमहरुमा मात्रै हात जोड्ने काम हुन्थ्यो । मन जोडिएको थिएन । तर, अहिले हात र मन दु्बै जोडिन्छ, गाला पनि जोडिन्छ ।’
प्रतिक्रिया 4