Comments Add Comment

कांग्रेसलाई कांग्रेसले नै हराउँछः शशांक कोइराला

फाइल तस्वीर

२९ चैत, भैरहवा । नेपाली कांगेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई आफ्नै छायाँसित डर रहेको बताएका छन् । चुनावमा कांग्रेसलाई कांग्रेसले नै हराउने चिन्ता आफूलाई लागेको डा. कोइरालाले बताएका छन् ।

मंगलबार भैरहवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले भने- ‘गिरिजाप्रसाद कोइरालाले भन्नुहुन्थ्यो, मलाई आफ्नै छायाँसँग डर लाग्छ ।’

महामन्त्री कोइरालाले गिरिजाबाबुको उदाहरण दिँदै सभामा भने- ‘कांग्रेसलाई कांग्रेसले नै हराउन सक्छ, अरु कसैले हराउन सक्दैन ।

शेरबहादुर कोइरालातिर र्फकँदै डा. कोइराले भने- ‘नेतृत्व गर्ने व्यक्तिले सबैलाई समेट्नुपर्छ ।’

सभामा उपस्थित कार्यकर्ता र समर्थकतर्फ इङगित गर्दै कांग्रेस नेता डा. कोइरालाले भने- ‘यहाँहरुको उपस्थितिले हामीलाई जोश जाँगर दिएको छ । निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनैपर्छ । तपाईहरुको उपस्थितिले यसलाई सुनिश्चित गरिसकेको छ ।’

तर, जनताको उपस्थितिले कांग्रेसको जित सुनिश्चित गरे पनि पार्टीमा अन्तरघातको डर रहेको भन्दै डा. कोइरालाले चिन्ता गरे । उनले भने- ‘तसर्थ हामी एकजुट भएर अगाडि जाऔं । निर्वाचन सफलताका साथ सम्पन्न गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment