Comments Add Comment

प्रमुख निर्वाचन आयुक्त भन्छन्-दुई चरणमा चुनाव गर्न आयोग तयार छ

सेनाको बलमा निर्वाचन हुँदैन

३१ चैत विराटनगर । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सबैले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणको सुनिश्चित भएको खण्डमा निर्वाचन आयोग दुई चरणमा निर्वाचन गर्न तयार रहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचन ऐतिहासिक निर्वाचन भएको भन्दै उनले जनताले आफ्नो मताधिकार मार्फत आफ्ना जनप्रतिनिधि चयन गर्ने अवस्ारलाई राजनीतिक रुपमा समाधान गर्न सकिने अवस्था अए दुई चरणमा चुनाव गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

निर्वाचन आयोगले विराटनगरमा संचालन गरेको निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुtm यादवले राजनीतिक समस्या समाधानको लागि सरकारलाई पहल गर्नपनि आग्रह गरे ।

तर, प्रमुख आयुक्त यादवले दुई चरणमा निर्वाचन गर्ने विषयमा भने अहिलेसम्म सरकारसंग कुनै छलफल नभएको प्रष्ट पारे ।

‘निर्वाचनप्रति असहमति राख्ने दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन आयोगले सहजकर्ताको भूमिका निर्वाह गर्न तयार छ,’ उनले भने, ‘सरकारले चाडो भन्दा चाडौ सबै जनताको मौलिक अधिकारलाई सुनिश्चत गर्न पहल गर्नुपर्दछ ।’

सेनाको बलमा निर्वाचन हुँदैन 

प्रमुख आयुक्त यादवले नेपाली सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको प्रष्ट पारेका छन ।

सुरक्षाको जिम्मा नेपाल सरकारको जिम्मेवारी रहेको बताउँदै उनले भने,’स्थानीय तहको निर्वाचनको सुरक्षा नेपाल प्रहरी र शसस्त्र प्रहरी कै सुरक्षा घेरामा हुनेछ, त्यसमा सपोर्टका रुपमा नेपाली सेनाको सहभागिता रहने छ ।’

उनले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने कुनै अवस्था नरहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment