+
+

महिलाका १० गुण, जसले परिवारलाई समृद्ध बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २ गते ९:४०

प्राचिन हिन्दु संस्कारमा महिलाको ३२ लक्षणको परिकल्पना गरिएको छ । ३२ लक्षणले युक्त महिलालाई पूर्ण गुणी, संस्कारी मानिन्छ ।

मानिसमा राम्रो/नराम्रो दुबै गुण हुन्छ । सबै राम्रो गुणले भरिपूर्ण हुन्छ भन्ने छैन । यद्यपी केहि राम्रो स्वभाव र व्यवहारले पनि मानिसलाई उन्नत बनाउँछ । उनीहरुको स्वभाव, सत्कर्म, सत्बिचारले परिवारलाई समृद्ध तुल्याउँछ ।

१. एक यस्तो महिला जो आफ्ना पति बराबर हुन्छन् । परिवारमा उनको उपस्थिती अहंम हुन्छ । उनले शालिन व्यक्तित्व निर्माण गरेकी हुन्छिन् । परिवार एवं पतीप्रति श्रद्धाभाव राख्छन् ।

२. ती महिला, जो सांसारिक घटनाको बारेमा जानकारी राख्छिन् । उनी बुद्धिमान र शिक्षित हुन्छिन् ।

३. ती महिला, जो आसपासका माहौलमा सतर्क रहन्छन् । सबैसँग समान र सौहार्दपूर्ण व्यवहार गर्छिन् ।

४. ती महिला, जो धर्मलाई सम्मान गर्छिन् ।  सामाजिक दायित्व पनि बोध गर्छिन् ।

५. ती महिला, जो  हिफाजत एवं जतन गर्ने स्वभावका हुन्छन् । बचत गरेर घरलाई आर्थिक रुपले समृद्ध बनाउन सहयोग गर्छिन् ।

६. ती महिला, जो आफ्नो परिवारमा आइपर्ने संकटबाट पार लगाउन हरसंभव प्रयास गर्छिन् । उचित समयमा उचित निर्णय एवं सल्लाह दिन्छन् ।

७. ती महिला, जो  एकदमै धैर्यवान हुन्छिन् । प्रतिकुल परिस्थितीमा पनि आफुलाई सम्हाल्न सक्छिन् ।

८. ती महिला, जो सबैलाई प्रेमपूर्वक व्यवहार गर्छिन् ।

९. ती महिला, जो आफुभन्दा ठूलाको सम्मान गर्छिन्, उनीहरुको सरसल्लाह लिन्छिन् ।

१०. ती महिला, जसलाई पाककलाको राम्रो ज्ञान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?